२०८३ कार्तिक १२ गते बुधबार

‘झिलिमिली’मा बाहिरियो ४५ अर्ब

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २७
jhilimili
तस्बिर : रचना रिमाल

काठमाडौँ- यस वर्षको लक्ष्मीपूजा (दीपावली)मा देशमा ४५ अर्ब रुपैयाँ बराबर विद्युतीय बत्ती (झिलिमिली बत्ती) आयात भएको छ। व्यवसायीका अनुसार यसवर्षको तिहारमा झिलिमिलि बत्ती आयात भएअनुसार कारोबार भने कम भएको छ।

अघिल्लो वर्षको तिहारमा ३६ अर्ब झिलिमिलि बत्तीको कारोबार भएको थियो। यसवर्षको तिहारमा ४५ अर्बको झिलिमिलि बत्तीको कारोबार भइरहेको छ। अघिल्लो वर्षको तिहारको तुलनामा यसवर्ष झिलिमिली बत्तीको आयात बढेको पनि देवकोटाले बताए।

‘स्वाभाविक रुपमा उज्यालोको पर्वका रुपमा यो पर्वलाई लिने गरिएकाले खासगरी दीपावलीमा मालाबत्तीको बिक्री राम्रो छ। तर, अहिले आर्थिक स्थिति संकुचन भएको अवस्थाका कारण माग कम र आपूर्ति बढी भइरहेको अवस्था छ,’ उनले भने, ‘अघिल्लो वर्ष तिहारमा ३६ करोडको झिलिमिली बत्ती आयात भएको हो। अहिले आयात केही बढेको छ। ४५ अर्ब झिलिमिली बत्तीय यसपालीको तिहारका लागि आयात भएको छ।’

यद्यपि अपेक्षाकृत कारोबार भने नभएको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले नेपाल क्लिक्सलाई जानकारी दिए। अपेक्षाका तुलनामा झिलिमिलि बत्तीको कारोबार ३० प्रतिशतले कमी आएको उनले बताए।

‘मुलुकमा उत्पन्न आर्थिक मन्दीले पनि विद्युत्तीय बत्तीहरुको कारोबारमा कमी आएको छ। आयात बढे पनि माग र खरिद गर्ने दर घट्यो,’ उनले भने।

नेपालमा झन्डै ९० प्रतिशत विद्युत्तीय बत्ती चीनबाट आयात हुन्छ। ७ प्रतिशत हाराहारीका झिलिमिली बत्ती भारतबाट पनि आयात हुने गरेको महासंघले जनाएको छ।

‘झिलिमिली बत्तीको माग बढाउन घरहरु धेरै नै निर्माण हुनुपर्‍यो। नयाँ घरमा दशैं वा दीपावलीमा हर्षोल्लास गर्ने हो चलन हुन्छ। त्यो क्रम अघिल्ला वर्षमा थियो,’ अध्यक्ष देवकोटाले भने, ‘यसपालि नयाँ घर त्यति नबनेका कारण पनि माग घटेको जस्तो लाग्छ।’

लक्ष्मीपूजामा काठमाडौँ उपत्यका।

प्रकाशित: २०८० कार्तिक २७ गते सोमबार ०२:५६
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना