काठमाडौं- युनिलिभर नेपाल लिमिटेड भूकम्प प्रभावित क्षेका पीडितलाई राहत सहयोग गरेको छ । हालै जाजरकोट र रुकुम पश्चि जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भूकम्प गएको भोलिपल्टै प्रभावित जिल्लामा युनिलिभर नेपालले पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका राहत सामग्री वितरण गरेको हो ।
त्यस्तै, युनिलिभर नेपालले भूकम्पप्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाकार्यलाई साथ दिनको लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष”मा एक करोड रुपैयाँ योगदान गरेको छ । उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए ।


