२०८३ कार्तिक १४ गते शुक्रबार

ग्यालेक्सी एस २३ एफइको नयाँ मोडल सार्वजनिक, यस्ता छन विशेषताहरु

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
SM-S711_GalaxyS23FE_Front_Mint

काठमाडौं- सामसङ नेपालले नेपालमा प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस २३ एफइ सार्वजनिक गरेको छ । युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरुलाई सामसङको उच्चकोटीको अनुभव प्रदानगर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफइ सर्वश्रेष्ठ विशेषताहरुका साथ पूर्ण रुपमा सुसज्जित छ ।

गेमिङ्गमा रुची राख्नेहरुका लागि यसले शक्तिशाली कार्यसम्पादन प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । अहिलेसम्मकै सबैभन्दा भव्य एफइ संस्करणको रुपमा ग्यालेक्सी एस २३ एफइमा प्रतिष्ठित र दिगो डिजाइनहरु, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामराका साथै त्यसभन्दा अझ धेरै विशेषताहरु समेटिएको कम्पनीको भनाई छ । नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रङ्गहरुमा उपलब्ध हुने यो ग्यालेक्सी एस२३ एफइ मोबाइलको प्रि–अर्डर यही २० नोभेम्बर, २०२३ देखि नेपालभर सामसङको आधिकारिक स्टोरहरुबाट गर्न सकिनेछ ।

जीवन्त डिजाइन र डिस्प्ले

ग्यालेक्सी एस२३ एफइयसमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइनलाई वास्तवमै अँगीकार गरेको छ । सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस २३ एफइले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बित गर्दछ । उत्कृष्ट दृश्यावलोकनको अनुभव दिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस२३ एफइमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफइमा रहेको भिजन बूस्टर प्रविधिले स्वचालित रुपमा उज्यालो प्रकाशको अवस्थाहरु पत्ता लगाएर स्क्रीनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ ।

क्यामरा अपग्रेड

ग्यालेक्सी एस२३ एफइमाप्रो¬¬–ग्रेड क्यामराको विशेषताहरु छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरु र फोटोहरु खिच्दछ जुन आजसम्मकै सबैभन्दा ठूलो क्यामरा हो । यसको पछाडी प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूमसहितको क्यामरा जडान गरिएको छ, जसले चम्किलो र आकर्षक फोटोहरु खिचेर हरेक पललाई जीवन्त बनाइदिन्छ । ग्यालेक्सी एस२३ एफइमा नाइटोग्राफि विशेषताले तपाईंलाई अँध्यारोमा पनि जीवनजस्तै रङ्गहरुमा सेल्फि र पोट्रेट प्रष्ट खिच्न मद्दत गर्छ । एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भिडिआइएस) का साथ प्रयोगकर्ताहरुले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) कोणमा पछाडीको क्यामरा प्रयोग गरेर चालु रहेकै समयमास्थिर सट लिन सक्दछन् ।

जब सही रुपर्मोकन्टेन्टसिर्जना गर्ने अवस्था आउँछ, ग्यालेक्सी एस२३ एफइ त्यसको लागि एक सुचारु सम्पादन स्टुडियो हो । प्रो मोडमा अबरोधकगति, छिद्र, आइएसओ नियन्त्रण र सहजताको लागि हस्तकृत रुपमा संयोजन गर्न सकिन्छ । ग्यालेक्सी एस२३ एफइ क्यामरामा एआइ शक्तिप्रदत्त टुलहरु रहेका छन्, जसले चालु रहेकै समयमा रचनात्मक बनाउने स्वतन्त्रता र अनुकूलन गर्न दिई तपाईंको सटहरुलाई उत्कृष्ट तुल्याउनेछ ।

गेमिङ्गका लागि उत्कृष्ट

ग्यालेक्सी एस२३ एफइमा सर्वोत्कृट र भरपर्दो कार्यसम्पादनको लागि भव्य ४एनएमचिपसेटको पावर दिइएको छ, जुन भव्य अनुभवहरुका लागि एक ठोस मेरुदण्ड हो । गेमिङ्ग र स्ट्रिमिङ्गको लागि ग्यालेक्सी एस२३ एफइको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्दत गर्दछ । त्यसको साथमा हरेक कार्यलाई तीव्र र तरल बनाइदिन्छ । यो रेट्रेसिङका साथ पनि आउँछ, एक त्यस्तो ग्राफिक चित्रण गर्ने प्रविधिजसले गेमलाई वास्तविक संसारको जस्तै प्रतिबिम्बहरु, प्रकाशहरु र छायाँहरु देखाउँछ । धेरै समय चल्ने, २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ ।

मेमोरी विविधता, मोल र उपलब्धता

ग्यालेक्सी एस२३ एफइ प्रभावकारी ८ जिबि र्याम र २५६ जिबिको स्टोरेजमाउपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरुमापाइने ग्यालेक्सी एस२३ एफइ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्धहुनेछ । ग्राहकहरुले स्टोरमाआफै उपस्थित भएर यही २० नोभेम्बर, २०२३ देखि अग्रीम अर्डर गर्न सकिनेछ । यो मोबाइलको मुल्य ८५ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

आश्चर्यजनक लाभहरु रहेको एस२३ एफइ शुन्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक रु.४,३०० किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफइलाई आफ्नो बनाउन सकिने कम्पनीले जनाएकाे छ । सामसङले एक वर्षको लागि १ पटकको ब्रेकेज बीमा प्रदान गरेको छ भनें आफ्नो सामसङ फोनको अपग्रेड गर्न इच्छुकहरुका लागि एक्सेञ्ज सुविधा पनि प्रदान गरिएको छ ।

प्रकाशित: २०८० मङ्सिर ६ गते बुधबार ११:२६
प्रतिक्रिया

थप समाचार

निर्यातले खर्ब नाघ्दा पनि व्यापार घाटा ५ खर्बमाथि, आयातको दबदबा कायमै

काठमाडौँः चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भएको छ। निर्यातले पहिलोपटक तीन महिनामै खर्बको सीमा पार गरे पनि आयातको वृद्धिदर उच्च रहँदा...

बैंकको सेयर कर्जासँगै ब्रोकरको मार्जिन सुविधा, लगानीकर्ताका लागि के फरक?

बोनका अध्यक्ष डा गोपाल भट्टका अनुसार ब्रोकर प्रतिनिधिहरूसँगको छलफलमा २५ प्रतिशत आफ्नै मार्जिन राखेर बाँकी ७५ प्रतिशतसम्मको वित्तीय सुविधा लिन सकिने मोडेलबारे व्याख्या गरिएको छ।

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना