२०८३ कार्तिक १३ गते बिहिबार

सरलाका गीत समावेश ‘शारदा’ विशेषांक लोकार्पण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
madan

काठमाडौँ– करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ। लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ।

यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद्वारा केही ऐतिहासिक कार्यहरु भएको छ। समाजसेवीको रुपमा समेत सक्रिय रहँदै आएकी गीतकार श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपिमा नेपालको ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’मा प्रकाशित गरिएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्व बल्लभ, साहित्यकार तथा पत्रकार बिमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा लगायतका व्यक्तित्वले गीतकार श्रेष्ठका हस्तलिपीमा रहेका गीतहरु समावेश ‘शारदा’ मासिक लोकार्पण गरियो।

‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंकलाई सरला श्रेष्ठका गीतहरुको विशेषांकको रुपमा प्रकाशित गरिएको हो। कात्तिक महिनाको ‘शारदा’ पत्रिकाको को वर्ष १०, अंक ७, पूर्णांक ११५ मा सरला श्रेष्ठका ५६ वटा गीतहरु गीतकारको हस्तलिपीमा प्रकाशित भएका छन्।

‘समारोहमा ‘शारदा’ मासिक पत्रिकाका प्रधान सम्पादक विमल भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपीमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताए।

समारोहलाई सम्बोधन गर्दै गीतकार सरला श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपीमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको धारणा व्यक्त गरिन्।
समारोहमा ‘शारदा’ मासिकमा प्रकाशित आफ्ना केही विशेष गीतहरु वाचन गर्दै गीतकार श्रेष्ठले विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिँडिरहेको बताइन्। गीतकार श्रेष्ठले आफ्नो शरीरमात्र विदेशमा रहेको, तर मन र मुटुसधैं स्वदेशमै रहेको बताइन्।

समारोहमा ‘शारदा’ मासिक पत्रिमामा प्रकाशित एउटा यूगल गीत ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो समेत प्रीमियर गरिएको छ। गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्तको यूगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले संगीतबद्ध गरेका छन्। यो गीतको म्युजिक भिडियोको निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन्। कुलेखानी क्षेत्रका रमणीय लोकेशनमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ।

यो गीतको संगीत संयोजक पुरुषोत्तम सुवेदी हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ, मिक्सिङ तथा माष्टरिङ किशोर थापाले गरेका छन्। यो गीत ए वन म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरिएको हो।

मासिक पत्रिकाको लोकार्पण तथा म्युजिक भिडियोका प्रीमियर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैंमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे। श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए।

शारदा मासिक पत्रिकाका सम्पादक बिमल भौकाजीले श्रेष्ठका गीतहरुको समिक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए। नेपालमा महिला गीतकारहरुको संख्या कम भएको बताउँदै भौकाजीले विदेशमा बसेर नेपाली गीत–संगीतमा निरन्तरता दिन सक्नु गीतकारश्रेष्ठको ठूलो खुबी भएको स्पष्ट पारे।

गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत–संगीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए। उनले भने– ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं।’

समारोहमा गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे, म्युजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेती, कवि विश्व वल्लभसहितका वक्ताले गीतकार श्रेष्ठका गीतहरुको प्रशंसा गर्दै सफलताको शुभकामना दिए।

शारदा मासिक तथा ए मेरो मनको राजा गीतको म्युजिक भिडियोका लोकार्पण समारोह गीतकार संघ नेपालको आयोजना तथा एसएस क्रिएसनको व्यवस्थापनमा सम्पन्न भएको हो।

‘शारदा’ आधिकारिक रूपले नेपाली वाङ्मयको जेठो पत्रिका हो। सुब्बा ऋद्धिबहादुर मल्लले १९९१ सालमा यसको प्रथम प्रकाशन गरेका थिए। यसको दर्जा नम्बर ००१ हो। जबकि गोरखापत्र १९५८ देखि प्रकाशित भए पनि आधिकारिक रूपले यसको दर्ता ‘शारदा’ पछि मात्रै भयो। बालकृष्ण सम, देवकोटा, सिद्धिचरणलगायत बीपी, रिमाल, मल्ल दाजुभाइको साहित्यिक यात्रा ‘शारदा’ बाटै शुरू भएको हो। राणाकालीन अन्धकारको साम्राज्य भनिएको त्यो समयमा पनि शारदा एक्लैले नेपाली साहित्यको उत्थान खातिर काम गरेको त्यो इतिहास गर्वयोग्य छ।

२०२० सालसम्म १८३ अंक छापिएपछि शारदाको यात्रामा बिराम लाग्यो। ४३ वर्षपश्चात् २०६३ मा पुनःस्थापित गरेर प्रकाशन थालियो। बीचमा केही समय अनियमित भए पनि ०७१ सालदेखि ०८० सालको कात्तिकसम्म एक अंक पनि नबिराई ११५ वटा अंक प्रकाशित भइसकेको छ। साहित्यिक विधाका कविता, कथा, गीत, गजल, मुक्तक, नियात्रालगायत अनुवादका विशेषाङ्कहरू समेत प्रकाशित गरिरहेको शारदाका सम्पादक तथा प्रकाशक कवि विमल भौकाजी हुन्।

‘ए मेरो मनको राजा’को भिडियो

प्रकाशित: २०८० मङ्सिर ६ गते बुधबार ०३:४५
प्रतिक्रिया

थप समाचार

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना