काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) मा बिहीबार राति कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जस बैंगलोरलाई ८१ रनले हराएको छ। इडेन गार्डेन रंगशालामा सम्पन्न खेलमा कोलकत्ताले पहिले ब्याटिङ गर्दै सात विकेट गुमाएर २०४ रन बनाएको थियो।
जवाफमा बैंगलोर १७ ओभर चार बलमै सबै विकेट गुमाएर १२३ रनमा समेटिएपछि कोलकत्ताले सानदार जित निकालेको हो। कोलकत्ताको जितका नायक रहेका श्रद्र्धुल ठाकुरले २९ बलमा ६८ रन प्रहार गरेका थिए भने १५ रन दिएर एक विकेट गिराएका थिए।
त्यस्तै पहिलो पारीमा रहमानुल्लाह गुरबाजले ५७ रनको अर्धसतकिय पारी खेले। बैंगलोरका डेबिड र कर्ण शर्माले समान २,२ विकेट लिए।
फाफ डु प्लेसिसको २३ रन नै बैंगलोरको सबैभन्दा धेरै रन रह्यो। बाँकी खेलाडी पनि मैदानमा जम्न सकेनन्। बरु बलिङतर्फ कोलकत्ताका वरुण चक्रवर्तिले चार र आयुष शर्माले तीन विकेट गिराए। यो जितसँगै आईपिएलमा कोलकत्ताले सुरुआति अंक जोडेको छ भने। बैंगलोरको पनि दुई अंक छ।
आईपिएलमा आज राति लखनौं सुपर जायन्टले सनराइजर्स हैदराबादसँग खेल्नेछ।


