काठमाडौं- सामसङ ग्यालेक्सीले आर्टिफिसिय इन्टेलिजेन्स(ए आई) मोडेलका मोबाइलहरु बजारमा ल्याउने भएको छ । आगामी ग्यालेक्सी एआइमा दुइ किसिमका ए आइप्रविद्घि समावेश गरिएको कम्पनीले जनाएको छ । सामसङद्वारा विकास गरिएको उक्त मोबाइल फोन अन्यभन्दा विशेषता र धेरै सुविधाहरु पाउन सकिन्छ ।
सामसङ ग्यालेक्सीले अहिले सबैको आँखा एआइमा केन्द्रित भए पनि यसको केही खास विशेषताहरु अझैसम्म मोबाइल प्रविधिमा आइ नसकेका कम्पनीले जनाउको छ ।
सबैलाई सबै ठाऊँमा, सशक्त बनाउने गरी निर्माण गरिएको ग्यालेक्सी एआइ फोनको एक विश्वव्यापी इन्टेलिजेन्स हो । जुन यसभन्दा अघि ग्राहकले कहिल्यै नदेखेको कम्पनीले दाबी गरेको छ । ती सबै ठाऊँहरुमा अवरोधरहित सञ्चारदेखि सहज उत्पादकत्वसम्म र असीमित सिर्जनशीलतामा नयाँ सम्भावनाका रुपमा उक्त मोबाइल बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
उक्त मोबाइलमा एआइ लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरुलाई जति बेला आवश्यक पर्यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउने छ । किनभनें यो ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएको हुन्छ । यसले गर्दा तेस्रो पक्षको एप चलाइ रहन पर्ने झन्झट रहँदैन । अडियो र टेक्स्टे बोल्नु र लेख्नु भएकै समयमा नै अरु भाषामा अनुवाद भएर आउने छ । यो ग्यालेक्सी एआइ डिभाइसमा नै भएको हुँदा, यसले ग्राहकको गोप्य वार्तालापहरु फोनमा नै सिमित रहने कम्पनीले जनाएको छ ।
‘मोबाइल प्रविधि सँग विश्वभरका मानिसहरुका लागि सञ्चार, सिर्जनशीलता, उत्पादकत्व र थप सक्षम बनाउने अतुलनीय शक्ति छ, तर आजसम्म, हामीले मोबाइल एआइलाई वास्तविक रुपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौं ।’ इभिपि र अनुसन्धान तथा विकास प्रमुख,वाङजुङ चोइले भने, ‘ग्यालेक्सी एआइहाम्रो आजसम्म कैे सबैभन्दा वृहत्तर इन्टेलिजेन्स हो जसले हाम्रो फोनको परिभाषा नै बदल्नेछ ।


