२०८३ कार्तिक १३ गते बिहिबार

मनाङ लिगको शीर्षस्थानमा, रोकिए जावलाखेल र खुमलटार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २४
manang marshyangdi football club
मनाङ मर्स्याङ्दी क्लब।

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको शुक्रबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई २–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लब लिग तालिकाको शीर्षस्थानमा पुगेको छ। अपराजित रहे पनि यसअघि शीर्षस्थान पुग्न नसकेको मनाङ सहज जितसँगै लिगलिडर बनेको हो।

शीर्षस्थानमा पुर्याउन मनाङका कोफी टिमोथीले दुवै गोल गरे। पहिलो हाफका ३४ औं मिनेटमा अग्रता दिलाएका टिमोथीले ५२ औं मिनेटमा अग्रतालाई २–० मा पुर्याएका थिए। त्यसपछि थप अवसर सिर्जना भए पनि उसले गोल गर्न भने सकेन।

यो जितसँगै १४ अंक बनाएको मनाङले शीर्षस्थानमा जावलाखेलसँग बराबरी गरेको छ। पराजित फ्रेन्ड्स क्लब भने तालिकाको १२ औं स्थानमा छ।

यसअघि शीर्षस्थानमा रहेको जावलाखेलले भने खुमलटार फुटबल क्लबसँग २–२ को बराबरी गरेको छ। सातदोबाटोमा सम्पन्न निकै रोमाञ्चक खेलको ३२ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए।
त्यस्तै, ३५ औं मिनेटमा खुमलटारका अभिषेक लिम्बुले खेललाई १–१ को बराबरीमा पुर्याए।

जावलाखेल फुटबल टिम

दोस्रो हाफको ६३ औं मिनेटमा मेसुके ओलुमेउले खुमलटारलाई अग्रता दिलाए पनि निर्धारित समय सकिनुभन्दा चार मिनेट अघि फोडे फोफानाले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।

यो बराबरीपछि जावलाखेलले शीर्षस्थानको मनाङसँग अंक बराबरी गरे पनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ। यता खुमलटार भने सात अंकका साथ नवौं स्थानमा छ।

ए डिभिजन लिगमा भोलि हिमालयन शेर्पा क्लबल र न्यु रोड टिमले एन्फा कम्प्लेक्समा खेल्नेछन्। त्यस्तै, अर्को खेलमा संकटाले मछिन्द्रको सामना गर्नेछ। यि दुवै खेल दिउँसो २ बजे सुरु हुनेछ। शनिबार साँझ दशरथ रंगशालामा हुने तेस्रो खेलमा भने सातदोबाटो युवा क्लबले आर्मीसँग खेल्ने तालिका छ।

प्रकाशित: २०७९ चैत २४ गते शुक्रबार ०५:२३
प्रतिक्रिया

थप समाचार

ए डिभिजन लिगमा खुमलटारलाई एपिएफले हरायो

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार खुमलटार फुटबल क्लबले विभागीय टोली एपीएफ क्लबले हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपिएफले खुमलटारलाई २–० ले हराएको हो। एपीएफको...

फ्रेन्ड्सको आधा दर्जन गोल, थ्रिस्टार र चर्च बोइजले गोल गर्न सकेनन्

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा सोमबार दिउँसो सम्पन्न खेलमा थ्रिस्टार क्लबले चर्च बोइज क्लबसँग गोलरहित बराबरी खेलेको छ। च्यासल रंगशालामा सम्पन्न खेलमा थ्रिस्टार र च्यासलले गोल गर्न...

३-३ को बराबरीपछि आर्मी असन्तुष्ट, सातदोबाटो सन्तुष्ट

काठमाडौँ- दशरथ रंगशालामा आइतबार साँझ त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबबीचको खेल रोमाञ्चक बन्यो। अन्तिम नतिजामा ३-३ को बराबरी भएपनि आर्मीले तीनै पटकको अग्रता पनि जोगाउन सकेन। ‘मुख्यतः...

प्रशिक्षक केसीको पहिलो खेलमा मछिन्द्रको जित, मैदानमै ढले छिरिङ

काठमाडौं– आइतबार दिउँसो दशरथ रंगशालामा भएको मछिन्द्र क्लब र संकटा बीचको खेलको स्कोर थियो, १–१। पहिलो खेलको १९ औं मिनेटमा मछिन्द्रका विमल घर्ती मगर र २१ औ मिनेटमा संकटाका मनिष डाँगीले गोल गरेका...

चेन्चोको डेब्यूमा हारबाट जोगियो मछिन्द्र

काठमाडौं– भुटानी रोनाल्डो उपनामले चर्चित चेन्चो ग्याल्छेनले मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिगमा डेब्यू गरेका छन्। सातादोबाटोको एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आज(बिहीबार) भएको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना