२०८३ कार्तिक १३ गते बिहिबार

सोनाम र भूपेन्द्र राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २४
Boxing Bhupendra

काठमाडौं – एपीएफका सोनाम सार्की र नेपाल प्रहरीका भूपेन्द्र थापा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६३ दशमलव ५ केजी तौलसमूहमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरेर फाइनलमा स्थान बनाएका हुन्।

पुरुष ५१ केजीमा बागमतीका रविन थापाले मधेश प्रदेशका लक्ष्मण राई तथा एपीएफका आश तामाङले कोशी प्रदेशका फुङलाङ काम्वाङलाई हराउदै फाइनलमा पुगेका छन्। पुरुष ५७ केजीमा बागमतीका शुलभ मालीले प्रहरीका शम्भु राजवंशी र कोशीका सुरेन्द्र राईले सुदूरपश्चिमका रामबहादुर थापालाई पन्छ्याउदै फाइनल भेट पक्का गरे। पुरुष ७१ केजीमा सुदूरपश्चिमका भरत चन्दले बागमतीका दावा छिरिङ लामा तथा कोशीका प्रशान्त दाहालले गण्डकी प्रदेशका निशान गुरुङलाई पाखा लगाउदै फाइनलमा स्थान बनाए।

पुरुष ८० केजीमा लुम्बिनीका हेमराज रावल र बागमतीका मनोज तामाङ स्वर्णका लागि भिड्ने भएका छन्। हेमराजले एपीएफका प्रयत्न लामा तथा मनोजले कर्णालीका दर्शन घर्ती मगरलाई निराश पारे। पुरुष ९२ केजीमा एपीएफका रविन नेपालले गण्डकीका मुन्ना गुरुङ तथा बागमतीका उमङ महर्जनले सुदूरपश्चिमका ललित भट्टलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे।

महिला ५० केजीमा बागमतीकी सुष्मा तामाङले कर्णालीकी तेजीमाया गुरुङ र मधेशकी अस्मिता दुवालले सुदूरपश्चिमकी सोनिया शेट्टी, ५४ केजीमा बागमतीकी अन्जनी तेलीले लुम्बिनीकी माया केसी र एपीएफकी सन्जुमाया थिङले कोशीकी सुस्मिता श्रेष्ठ तथा ५७ केजीमा प्रहरीकी निशा तामाङले एपीएफकी सर्मिला तामाङ र बागमतीकी पेमा शेर्पाले सुदूरपश्चिमकी कविता सिंहलाई पाखा लगाउदै फाइनल यात्रा तय गरे।

महिला ६० केजीमा बागमतीकी हेमा राईले कर्णालीकी मनीषा खरु र एपीएफकी संगिता सुनुवारले लुम्बिनीकी सुजनकुमारी कुमाल, ६६ केजीमा एपीएफकी विनिता थापा मगरले गण्डकीकी जोशिका श्रेष्ठ र बागमतीकी निश्मा गुरुङले सुदूरपश्चिमकी सपना ऐडी तथा ७५ केजीमा कोशीकी त्रिशा जबेगुले गण्डकीकी अस्मिता बस्नेत र एपीएफकी सरस्वती राना मगरले कर्णालीकी राधा विकलाई पन्छ्याउदै फाइनलमा पुगे।

प्रकाशित: २०७९ चैत २४ गते शुक्रबार ०६:५०
प्रतिक्रिया

थप समाचार

नेपाल बक्सिङ संघमा पुन: अवाले

काठमाडौं – नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनबाट राम अवाले हिजो बुधबार अध्यक्षमा निर्विरोध चयन भएका छन्। पोखरामा सम्पन्न साधारण सभाले दक्षिण एसियाली खेलकुदको बक्सिङका रजत पदक...

नेपालमा पहिलो पटक मिक्स्ड मार्सल आर्टस प्रतियोगिता हुँदै

काठमाडौं – ओमेगा च्याम्पियनसिप नाम दिएको मिक्स्ड मार्सलआर्टस प्रतियोगिता आउदो जुलाई १५ (असार ३० गते) मा नेपालमै पहिलो पटक आयोजना हुने भएको छ। काठमाडौंमा आयोजक ओमेगा फाइट टिमले म‌ंगलबार पत्रकार...

विशेष प्रशिक्षणका लागि युवा मुक्केबाज भारत जाँदै

काठमाडौं– भारतीय बक्सिङ संघको आयोजनामा मार्च २५ देखि अप्रिल ६ सम्म हरियानामा हुने बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिविरमा सहभागी हुन नेपाली युवा मुक्केबाजहरु भारत जाने भएका छन्। पाँच खेलाडीहरू...

पहिलो पटक विश्व बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनल पुग्यो नेपाल

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली महिला खेलाडी पुगेको यो पहिलो पटक हो। यसअघि नेपाली महिला कहिल्यै पनि विश्व बक्सिङको अन्तिम आठमा पुग्न सकेका थिएनन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना