सेन्जेन (चीन)- चिनियाँ सवारी उत्पादक कम्पनी बीवाईडीले ६० लाख कार उत्पादन गरेको छ। सन् २०२३ नोभेम्बर २४ सम्ममा कम्पनीले ६० लाख ईभी उत्पादन गरेको जानकारी दिएको हो।
पछिल्लो तीन महिनामा मात्र बीवाईडीले १० लाख संख्यामा ईभी उत्पादन गरेको हो। बीवाईडी उत्पादनको इतिहासमा बीआएओ ५ मोडलको गाडी ६० लाखौँ नम्बरमा परेको हो। यो कार बीवाईडीको फाङचेङबाओ उप-ब्राण्ड अन्तर्गतको एसयुभी हो।
बीवाईडीको डाइनास्टी र ओसन सिरिज, फाङचेङबाओ, डेन्जा, र याङवाङजस्ता विभिन्न ब्रान्ड बजारमा छन्। अक्टोबरमा मात्रै बीवाईडीले ३ लाखभन्दा बढी इभी बिक्री गरेको कम्पनीको दाबी छ। अक्टोबरको यो बिक्रीले रेकर्ड बनाएको कम्पनीको भनाइ छ। बीवाईडी इतिहासमा एक महिनामा यति ठूलो संख्यामा कार बिक्री गरेको थिएन।
सन् २०१० बाट बीवाईडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनको विद्युतीकरण गर्दै विश्वबजारमा उपस्थिति बढाउँदै आएको छ। बीवाईडीका गाडी ७० देशमा निर्यात हुने गरेका छन्।
बीवाईडीले, ब्लेड ब्याट्री, डीएम-आइ सुपर हाइब्रिड सिस्टम, इ-प्लेटफर्म, सेल टु बडी टेक्नोलजी, ई-४ प्लेटफर्म, बीवाइडी डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, र ड्युअल मोड अफ-रोड (डीएमओ) सुपर हाइब्रिड सिस्टम, जस्ता नवीन र पर्यावरणमैत्री प्रविधिको विकास गर्दै आएको छ।


