काठमाडौँ- जनमत पार्टीले वडा तहदेखि प्रदेशसम्मको अधिवेशनको मिति तोकेको छ। केन्द्रीय सचिवालयको निर्णयअनुसार वडा, पालिका, जिल्ला र प्रदेश अधिवेशनको मिति तोकिएको हो।
तोकिएको मितिमा अधिवेशन सम्पन्न गर्न पनि पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउतले मातहतको कमिटीलाई निर्देशन गरेका छन्।
जनमतले माघ १५ गतेसम्म सबै वडाअधिवेशनहरू पूरा गर्न निर्देशन दिएको छ।
फागुन १५ गतेसम्म ७५३ वटै पालिकामा अधिवेशन गर्ने तालिका जनमतले बनाएको छ।
फागुन २० गतेभित्र अधिवेशन गरिएका वडा र पालिका तहका कमिटीको माइन्युटको प्रतिलिपि पार्टी सचिवालयलाई पठाउन पार्टीको निर्देशन छ।
जनमतले देशभर एकसाथ चैत्र ३ गते जिल्ला अधिवेशन गर्नैछ भने २०८१ वैशाख २४–३० भित्र प्रदेश अधिवेशन गरिसक्ने तालिका बनाएको छ।



