काठमाडौं- अनलाइनमार्फत यौन व्यवसाय गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँबाट थप दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेको भुम्लु घर भई काठमाडौँको लाजिम्पाट बस्ने २७ वर्षका सुरेशकुमार श्रेष्ठ र काठमाडौं कलंकीका सुरज खड्का छन्। यसअघि आइतबार यही आरोपमा ५ जना पक्राउ परेका थिए।
उनीहरुले अनलाइनमार्फत युवतीको तस्बिर पठाउने, मोलमोलाइ गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
यो प्रकरणमा थप अनुसन्धान भइरहेको उनले बताए।


