२०८३ कार्तिक १४ गते शुक्रबार

मासिक दुई लाख तलव र ग्रिनकार्डको प्रलोभनमा रुसी सेनामा पुग्थे नेपाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २०
12jana

काठमाडौँ- नेपाली युवालाई रुसी सेनामा भर्ती गराउने पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले नेपाली युवालाई भारत र यूएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा काठमाडौँ, जोरपार्टीका सन्तोष रोका, सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने छन्। यस्तै काठमाडौं-१६ का रोजल महर्जन र बुढानीलकण्ठका क्षितिज गिरी पनि सोही आरोपमा पक्राउ परेका छन्।

यस्तै सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल पनि नेपालीलाई रुसी सेनामा पठाउन संलग्न भएको आरोपमा पक्राउ परेका हुन्। यस्तै यही प्रकरणमा विगतमा कन्सल्टेन्सी चलाएकी सुजाता दाहाल र ईश्वर अधिकारी पनि पक्राउ परेका छन्। बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन्।

यो प्रकरणमा पक्राउ परेका उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा मुख्य आरोपी हुन्। उनी म्यानपावर सञ्चालकसमेत भएको प्रहरीले जानकारी दिएको छ।

सुजाता दाहालको साथबाट २७ वटा र ईश्वर अधिकारीको साथबाट १६ वटा गरी ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ। सुजाताले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी छन् भने ईश्वरले पनि इन्कारी बयान दिएका छन्।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का पूर्वसैनिक समेत रहेका हरिबहादुर विश्वकर्मा प्रकरणका मुख्य आरोपी हुन्। उनी म्यानपावर सञ्चालकसमेत हुन्। काठमाडौं प्रहरीका डीएसपी अंगुर जिसीका अनुसार विश्वकर्माले दुई पटकमा १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन्।

रुसमा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने प्रलोभन देखाएर यो गिरोहले नेपालीलाई रुस पठाउँदै आएको थियो। ७ लाख जति खर्च हुने तर मासिक २ लाख रुपैयाँ कमाई हुने भनेर प्रचार गर्दै रुस पठाउने गरेको खुलेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।

नेपालीलाई प्रलोभन पारेर रुस पठाउने आश्वासन दिएको भए जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

यो गिरोहको साथबाट प्रहरीले २७ लाख ६० हजार बरामद गरेको छ। सुजता दाहाल र गोकर्ण अर्यालको कार्यालयबाट प्रहरीले १४ लाख १८ हजार ५ सय नगद बरामद गरेको छ।

सिनामंगलस्थित ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद र १६ थान पासपोर्ट प्रहरीले बरामद गरेको छ।

रुसी सेनामा गएर मृत्यु भएका ६ नेपालीको विवरण परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। उनीहरुको शवसमेत नेपाल ल्याउन विषयमा ठोस प्रगति नभएको परराष्ट्रको भनाइ छ।

केही नेपाली रुसी सेनामा गएर युक्रेनी सेनाको नियन्त्रणमा रहेका सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले भने एक जना मात्र युक्रेनी सेनाको नियन्त्रणमा रहेको र उनको रिहाइका लागि पहल भइरहेको बताएको छ।

नेपाल सरकारले सेनामा भर्ती हुन सन्धि भएका भारत र बेलायती सेनाबाहेकका कुनै पनि देशका सेनामा भर्तीमा नजान आह्वान गरेको थियो। तर त्यसलाई बेवास्ता गर्दै नेपालीहरू रुसी र युक्रेनी सेनामा भर्ती भएको पाइएको मन्त्रालयको भनाइ छ। तर कति जना नेपालीहरू ती देशका सेनामा भर्ती भएका छन् भन्ने विवरण सरकारसँग छैन।

प्रकाशित: २०८० मङ्सिर २० गते बुधबार ०५:५९
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

कर्णालीमा बैंकको कर्जा लगानी ६६ अर्ब ८५ करोड, सुर्खेतमै ६० प्रतिशत केन्द्रित

काठमाडौँः कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि सोही अनुपातमा प्रदेशभित्र कर्जा लगानी विस्तार हुन सकेको छैन। कर्णालीबाट संकलित १ खर्ब ११ अर्ब १५...

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयरपूँजी १ प्रतिशतमा झारिएको विवरण पुनः सार्वजनिक

काठमाडौँः समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका ३५ जना सेयरधनीको सेयरपूँजी घटाइएको विवरण आज सार्वजनिक गरिएको छ। नेपाल राष्ट्र बैंकबाट गठित व्यवस्थापन समूहले यसअघि नै सम्बन्धित सेयरधनीहरूको...

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना