२०८३ साउन १३ गते बुधबार

मासिक दुई लाख तलव र ग्रिनकार्डको प्रलोभनमा रुसी सेनामा पुग्थे नेपाली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर २०
12jana

काठमाडौँ- नेपाली युवालाई रुसी सेनामा भर्ती गराउने पठाएको आरोपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले नेपाली युवालाई भारत र यूएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा काठमाडौँ, जोरपार्टीका सन्तोष रोका, सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिकाका मनिष न्यौपाने छन्। यस्तै काठमाडौं-१६ का रोजल महर्जन र बुढानीलकण्ठका क्षितिज गिरी पनि सोही आरोपमा पक्राउ परेका छन्।

यस्तै सिराहाका दिपेन परियार, काभ्रेका सुवास लामा र चितवनका गोकर्ण अर्याल पनि नेपालीलाई रुसी सेनामा पठाउन संलग्न भएको आरोपमा पक्राउ परेका हुन्। यस्तै यही प्रकरणमा विगतमा कन्सल्टेन्सी चलाएकी सुजाता दाहाल र ईश्वर अधिकारी पनि पक्राउ परेका छन्। बाराका सन्तोष नेपाल र दाङका द्रोण डाँगी पनि पक्राउ परेका छन्।

यो प्रकरणमा पक्राउ परेका उदयपुरको कटारी नगरपालिका–६ का हरिबहादुर विश्वकर्मा मुख्य आरोपी हुन्। उनी म्यानपावर सञ्चालकसमेत भएको प्रहरीले जानकारी दिएको छ।

सुजाता दाहालको साथबाट २७ वटा र ईश्वर अधिकारीको साथबाट १६ वटा गरी ४३ वटा राहदानीसमेत प्रहरीले बरामद गरेको छ। सुजाताले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी छन् भने ईश्वरले पनि इन्कारी बयान दिएका छन्।

पक्राउ परेकामध्ये उदयपुरको कटारी नगरपालिका–६ का पूर्वसैनिक समेत रहेका हरिबहादुर विश्वकर्मा प्रकरणका मुख्य आरोपी हुन्। उनी म्यानपावर सञ्चालकसमेत हुन्। काठमाडौं प्रहरीका डीएसपी अंगुर जिसीका अनुसार विश्वकर्माले दुई पटकमा १८ जनालाई रुस पठाएको बयानमा स्वीकारेका छन्।

रुसमा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने प्रलोभन देखाएर यो गिरोहले नेपालीलाई रुस पठाउँदै आएको थियो। ७ लाख जति खर्च हुने तर मासिक २ लाख रुपैयाँ कमाई हुने भनेर प्रचार गर्दै रुस पठाउने गरेको खुलेको काठमाडौँ प्रहरीले जानकारी दिएको छ।

नेपालीलाई प्रलोभन पारेर रुस पठाउने आश्वासन दिएको भए जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

यो गिरोहको साथबाट प्रहरीले २७ लाख ६० हजार बरामद गरेको छ। सुजता दाहाल र गोकर्ण अर्यालको कार्यालयबाट प्रहरीले १४ लाख १८ हजार ५ सय नगद बरामद गरेको छ।

सिनामंगलस्थित ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख ४२ हजार नगद र १६ थान पासपोर्ट प्रहरीले बरामद गरेको छ।

रुसी सेनामा गएर मृत्यु भएका ६ नेपालीको विवरण परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। उनीहरुको शवसमेत नेपाल ल्याउन विषयमा ठोस प्रगति नभएको परराष्ट्रको भनाइ छ।

केही नेपाली रुसी सेनामा गएर युक्रेनी सेनाको नियन्त्रणमा रहेका सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले भने एक जना मात्र युक्रेनी सेनाको नियन्त्रणमा रहेको र उनको रिहाइका लागि पहल भइरहेको बताएको छ।

नेपाल सरकारले सेनामा भर्ती हुन सन्धि भएका भारत र बेलायती सेनाबाहेकका कुनै पनि देशका सेनामा भर्तीमा नजान आह्वान गरेको थियो। तर त्यसलाई बेवास्ता गर्दै नेपालीहरू रुसी र युक्रेनी सेनामा भर्ती भएको पाइएको मन्त्रालयको भनाइ छ। तर कति जना नेपालीहरू ती देशका सेनामा भर्ती भएका छन् भन्ने विवरण सरकारसँग छैन।

प्रकाशित: २०८० मङ्सिर २० गते बुधबार ०५:५९
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना