काठमाडौँ- अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सरोकारवाला निकायसँग राय माग गरेको छ। आर्थिक २०८०/८१ को बजेट निर्माणका लागि वैशाख १५ गतेभित्र सुझाव पठाइसक्न मन्त्रालयले आग्रह गरेको हो।
विभिन्न संघ , संस्था, बुद्धिजिवी, राजनीतिक दल, विज्ञ,समाजसेवी, पेसाकर्मी,कर्मचारी, सञ्चारजगत तथा आम नागरिकले मन्त्रालयलाई बजेटका विषयमा सुझाव दिन सक्नेछन्।
योसँगै बजेट तथा कार्यक्रम तर्जुमाको काम पनि प्रारम्भ भएको मन्त्रालयले जनाएको छ। शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरेको थियो।
मन्त्रालयका सहसचिव भुपाल बरालको नेतृत्वमा गठन भएको बजेटको मस्यौदा लेखन समितिमा सहसचिवहरु धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा छन्।


