काठमाडौँ- नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकले अब एक महिनासम्मका लागि नि:शुल्क डाटा सुविधा पाउने भएका छन्।
नेपाल टेलिकमले फाइबरबाट टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकले सोमबारदेखि लागू हुने गरी प्रमोसनल अफरका रुपमा एक महिनासम्म नि:शुल्क ५० एमबीपीएस गतिको डाटा पाउने जनाएको छ।
यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशपछि १ डायल गरेर अनुरोध गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ।
यो सुविधा एक जना ग्राहकका लागि एक पटक मात्र उपलब्ध हुनेछ। एक महिनाभन्दा बढी समयपछि सशुल्क रुपमा यो सेवा प्रयोग गर्नुपर्नेछ।


