काठमाडौँ- कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाई)बाट प्रभावित भएर फेसन ब्रान्ड नोक्टाले ‘एट-के कलेक्सन’ सार्वजनिक गरेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रको चिसो मौसमका लागि समेत उपयुक्त हुने कपडाका साथ नाइक र ड्रेकको संयुक्त उपक्रम नोक्टाले एट-के कलेक्सन सार्वजनिक गरेको हो।
एट के कलेक्सनमा ८ हजारमिटरभन्दा पनि माथिल्लो क्षेत्रको चिसोबाट बचाउन सक्ने कपडा ल्याइएको जानकारी कम्पनीले एक विज्ञप्ति जारी गर्दै दिएको छ।
एट के कलेक्सन ल्याउन प्रेरित गरेको श्रेय आफूलाई पनि दिएकोमा निम्स दाईले खुशी व्यक्त गरेका छन्। ‘मेरो लक्ष्य नै संसारभरका मानिसहरूलाई राम्रो काम गर्न प्रेरित गर्नु हो,’ एट के कलेक्सनलाई शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘दृढ इच्छाशक्ति भएमा मान्छेले कठिनभन्दा कठिन काम पनि गर्न सक्छ।’
पुर्जाले हिमाल आरोहणमा थुप्रै कीर्तिमान बनाएका छन्।


