काठमाडौँ- आइएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका-१ स्थित नगरकोट रोड सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडि सिर्जनानगर चोकमा सारेको छ।
उक्त शाखा कार्यालय सारेर उद्घाटन गरी काम पनि नयाँ स्थानबाट सुरु गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गरेका थिए।
कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेलगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानीयको सहभागिता थियो।
नयाँ स्थानबाट सेवाग्राहीलाई अझ सहज हुने इन्स्योरेन्सको विश्वास छ।


