काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार विजेताको नाम घोषणा गरेको छ। ‘आफूले पठाएको भन्दा १० गुणा बढी पाउने’ भाग्यशाली विजेतामा राजु तामाङ छनौट भएका छन्।
राजुले साउदीबाट ५३ हजार ७५ पठाएका थिए। उक्त रकम तुरुन्तै नेपालमा भुक्तानी भयो। त्यसरी रकम पठाउने बित्तिकै उनी सिटी एक्सप्रेसको १० गुणा जित्ने अफरमा सहभागी भएका थिए। अन्ततः उनै राजुले पठाएको रकमको १० गुणा बढी रकम पनि जिते। उनले ५ लाख ३० हजार ७५० रुपैयाँ जित्न सफल भएको घोषणा गरिसकिएको छ।
सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडरसमेत रहेका हास्यकलाकार जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरिएको हो।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखि मङ्सिर १५ गतेसम्म चाडपर्वको अवसर पारेर ‘बिदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ उपहार योजना घोषणा गरेको थियो। ६१ दिनसम्म चलेको योजनाको बम्परमा तामाङले १० गुणा बढी रकम हात पारेका हुन्।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही रु १ लाख, हरेक हप्ता ५ जनालाई जनही रु २५ हजार साथै ६१ दिनसम्म हरेक दिन १०० जना विजेताहरुलाई जनही रु ५०० को वालेट टप अप उपहार प्रदान गरिएको थियो। अन्त्यमा एक जनालाई बम्पर बिजेता घोषणा गरी पठाएको रकमको १० गुणा बढी रकम दिइएको हो।
योजनामा ६१०० जनाले दैनिक उपहार रु ५०० को वालेट टप अप, ४५ जनाले साप्ताहिक उपहार जनही रु २५ हजार र २ जनाले मासिक उपहार जनही रु एक लाख जितेका थिए।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।


