काठमाडौँ– मोबाइल फोन आयातकर्ताकोहरूको संस्था मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र बोन्जोइ ट्राभलसँग भएको सहकार्यबाट व्यावसायिक साझेदारीको सुरुवातलाई अगाडि बढाउने अवसर पाउँदा खुसी महसुस गरेको जनाएको छ।
मोबाइल फोन एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवाल र बन्जोइ ट्राभलका सिइयो उपमा धितालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
एसोसिएसनले यस समझदारीको मूख्य सरोकार मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका सरोकारवालाहरुका लागि यात्रा अनुभवलाई सावधानिपूर्वक परिष्कृत गर्दै उच्च बनाउने बताएको छ।
‘यो व्यावसायिक साझेदारी यात्रा सम्बन्धित सेवाहरुलाई व्यवस्थित गर्दै निर्वाध र समृद्ध यात्रा प्रदान गर्न व्यवस्था गरिएको हो, एसोसिएनद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यी सेवाहरुमा झन्झटरहित टिकट सेवाहरु, दक्ष भिषा सहायता, विचारपूर्वक क्युरेट गरिएका दुर प्याकेजहरुका साथै विभिन्न सुविधाजनक होटल बुकिङहरु, प्रभावकारी यातायात समस्या समाधान, द्रुत प्राथमिक चेक इन सेवाहरु र व्यक्तिगत भेटघाट र अभिवादन सेवाहरु पर्दछन्।’
एसोसिएनका अध्यक्ष दिपक कुमार मलहोत्रा तथा उपाध्यक्ष सञ्जय अग्रवालले यस सहकार्यको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै आफ्ना सरोकारवालाहरुसँग अनुपम सेवाहरु प्रदान गर्ने आफ्नो प्रतिवद्धतामा बोन्जोइ ट्राभलसँग हात मिलाउन पाउँदा उत्साहित भएको बताएका छन्। ‘यसले हाम्रा एशोसिएट कम्पनीहरु, कर्मचारीहरु तथा ग्राहक महानुभावहरुका लागि यात्रा अनुभवलाई सरल बनाइ माथि उठाउने हाम्रो दृष्टिकोणलाई ठूलो साथ दिएको छ।
‘मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन तथा बोन्जोइ ट्राभल दुबै एक फलदायी सहयोगका लागि तत्पर छन्, जसले निःसन्देह संलग्न सबै सरोकारवालाहरुको लागि समग्र यात्रा अनुभव बढाउँदछ भन्ने विश्वास गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।


