काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले सिराहा जिल्लाको कर्जनहास्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यावसायिक सीपमूलक तालिम कार्यक्रम आयोजना गरेको छ। माध्यमिक तहका विद्यार्थीहरुमा व्यावसायिक र प्राविधिक ज्ञान/सीप विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
इन्जिनियर विथाउट बोर्डर्स नामक संस्थासँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यवसायिक सीपमूलक तालिम आयोजना गरिएको बैंकले जानकारी दिएको छ। तालिम कार्यक्रम २०८० पुस ८ गते सम्पन्न गरिएको छ।
समापन कार्यक्रममा बोल्दै नेपाल सरकार वन तथा वातावरणमन्त्री एंव बैंकका पूर्वअध्यक्ष डा वीरेन्द्रप्रसाद महतोज्यूले विद्यालय स्तरदेखि नै विद्यार्थीमा व्यावसायिक ज्ञान प्रदान गर्न सके विद्यार्थीको दक्षता वृद्धि गर्न सहयोग गर्ने बताए।
कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले देशका विभिन्न स्थानमा शिक्षा, स्वास्थ्य, दिगो विकास लगायतका क्षेत्रमा स्थानिय निकायहरु संग सहकार्य गरेर अगाडि बढ्ने बताए।
एक सातासम्म सञ्चालन भएको उक्त सीपमुलक तालिम कार्यक्रममा गोबर ग्यासबाट बायोग्यास निकाल्ने, पानी फिल्टर गर्नेलगायतका प्राविधिक तालिम तथा ऊनबाट बनेका विभिन्न सजावटका सामान बनाउने व्यावसायिक तालिम विद्यार्थीहरुलाई प्रदान गरिएको थियो।


