काठमाडौं- ‘आफ्नो ट्रेड कन्सर्न प्रालि’ले जापानको विश्वप्रसिद्ध ‘जोजिरुशी’का उत्पादन नेपालमा बिक्री वितरण सुरु गरेको छ। जोजिरुशीले नेपालको लागि आफ्नो ट्रेड कन्सर्न प्रालिलाई अधिकारिक बिक्रेता बनाएको हो।
सन् १९१८ मा स्थापना भएको जोजिरुशीले राइस कुकर, ब्रेड मेकिङ मेशिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्प्लाइन्सेस उत्पादन तथा बिक्री गर्दै आएको छ।
सयवर्षभन्दा लामो इतिहास बोकेको कम्पनीले आफ्ना उत्पादन गुणस्तरिय रहेको बताएको छ। कम्पनीका उत्पादन जापान, अमेरिका, सिंगापुर, यूरोप लगायत विश्वबजारमा उपलब्ध छन्।
जोजिरुशीका उत्पादन पुल्चोकस्थित लबिम मलको स्टोरबाट बेच्न थालिएको ट्रेड कन्सर्नले जनाएको छ।


