काठमाडौं– नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले सहरी यातायातमा सौन्दर्य थप्नेगरी यामाहाको मौलिक शैली र प्रदर्शनलाई नविन प्रविधीसँग जोडेर बहुप्रतीक्षित रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिडको अनावरण गरेको छ।
मनमोहक ‘मेट कपर’ र ‘स्पार्कल ग्रीन’ रङ्गमा उपलब्ध रे जेड आर स्ट्रिट र्याली १२५ एफआई हाइब्रिड ‘मोटरसाइकल-स्कूटर इभोलुसन’को अवधारणासँग मेल खान्छ। यसको बडीमा थपिएको स्टाइलिश मेटल प्लेट, ब्रश गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले यसलाई अझै भव्य बनाउँछ।
रे जेड आर १२५ स्ट्रिट र्याली एफआई हाइब्रिड बलियो एयर कूल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लू कोर इन्जिनद्वारा संचालित छ। जसले दक्षता र रोमान्चक सवारीको लागि नयाँ मानक स्थापना गर्दछ। यस स्कूटरलाई यसको ग्राउन्डब्रेकिङ ‘स्वचालित स्टप र स्टार्ट प्रणाली’ ले अरुभन्दा फरक बनाउँछ। जो इन्जिन निष्क्रिय हुनबाट जोगाउन बुद्धिमानीपूर्वक बनाइएको हो।
यसले इन्धनको उत्सर्जन घटाउँछ र त्यसको दक्षतालाई बढाउँछ। एकल थ्रोटल ट्विस्टको साथ निर्वाध रूपमा रि-स्टार्ट गर्दै यो प्रणालीले सवारी वातावरणको मूल्याङ्कन गर्न उन्नत सेन्सरहरू प्रयोग गरी राइडरहरूलाई प्रदुषणरहित र प्रभावकारी यात्रा प्रदान गर्दछ।
नयाँपनमा ‘स्मार्ट मोटर जेनेरेटर’ (एसएमजी) पनि थपिएको छ। जसले एक बेग्लै पारम्पारिक इलेक्ट्रिक स्टार्टर बिनानै शान्त तरिकाले इन्जिन सुरु गर्न सक्छ। एक स्कुटर मात्र नभएर रे जेड आर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड यामाहाको पर्फर्मेन्समा कुनै सम्झौता नगरी दिगोपनप्रतिको अटल प्रतिबद्धताको प्रमाण पनि हो।
नवीन सुविधाहरूले भरिएको यसमा उत्कृष्ट एलईडी हेडलाइट, प्रभावशाली एलईडी पोजिसन लाइट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन्। स्पोर्टी डिजाइनमा समावेश ब्रश गार्ड आकर्षणका लागि मात्र नभई यसले राइडरलाई आउँदै गरेको वायुप्रवाहबाट सुरक्षित राख्दै एथलेटिसिज्मको स्पर्श समेत थप्छ।
कडा मेटल प्लेट र फराकिलो ब्लक ढाँचाका टायरद्वारा परिष्कृत यसको हल्का वजनले असाधारण पिकअप, उत्कृष्ट ह्यान्डलिङ र सुधारिएको माइलेज सुनिश्चित गर्दछ। स्कूटरमा त्रुटिरहित सवारी नियन्त्रण, सुरक्षा र आरामको लागि टेलिस्कोपिक सस्पेन्सन र युबिएसजडित फ्रन्ट डिस्क ब्रेक पनि छ।
२१ लिटर क्षमताको अण्डर-सीट स्पेस, मल्टी फंक्सन स्विच, दुई-स्तरको सिट र पास स्विचको साथमा यसले स्टायल, आराम र कार्यक्षमताका लागि डिजाइन गरिएको पूर्ण सवारीको प्याकेज प्रदान गर्दछ। एमएडब्लू टू ह्वीलर्स डिभिजनले बहुप्रतिक्षित स्कुटर नेपालमा ल्याउन पाउँदा हर्षित रहेको जनाएको छ।


