२०८३ कार्तिक १२ गते बुधबार

बालेनलाई गृहमन्त्रीको जवाफ: बल प्रयोग गर्न अनुरोध मात्रै गरेर हुँदैन, औचित्य पुष्टि हुनुपर्छ

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २७
narayankaji
फाइल फोटो

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले लगाएको संघीय सरकारलाई लगाएको आरोपको खण्डन गरेका छन्। मेयर शाहले संघीय सरकारले आफ्ना काममा सहयोग नगरेको आरोप लगाउँदै सोमबार बिहान लामो स्टाटस लेखेपछि उपप्रधानमन्त्रीले त्यसको खण्डन गरेका हुन्।

चितवनमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय तहसँग समन्वय गरी काम गर्न तयार भएपनि सहयोग गर्नका लागि औचित्य पुष्टि हुनुपर्ने बताएका हुन्। मेयर शाहका कतिपय विषयले औचित्य पुष्टि गर्न नसकेकाले सहयोग नगरिएको गृहमन्त्रीसमेत रहेका श्रेष्ठको भनाइ छ। यद्यपि उनले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अघि प्रतिबद्धता भने व्यक्त गरेका छन्।

सिंहदरबारले समस्याको चाङ देखोस् भनेर फोहोर नउठाइएको हो

‘काठमाडौँ महानगरका मेयरका बारेमा म अहिले व्यक्तिगत रूपमा कुनै टिप्पणी गर्न चाहन्नँ। प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर संघीय सरकार संविधानले दिएको जिम्मेवारीलाई पूरा गर्न प्रतिबद्ध छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भनेका छन्, ‘स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्रै गर्ने जानकारी दिएर मात्र त हुँदैन। यसबारे मैले महानगरका मेयरलाई प्रस्ट भनेको छु।’

आफूले गर्न लागेका कामको औचित्य पुष्टि गर्न आफूले मेयर बालेन्द्रलाई आग्रह गरेको उनको भनाइ छ। स्थानीय सरकारका अधिकार क्षेत्रमा हस्तक्षेप नगर्ने तर संघीय सरकार वा प्रदेश सरकारको सहयोग चाहिए तथ्यसम्मत भएको पुष्टि गर्नुपर्ने उनको धारणा छ। ‘हामीले सहयोग गर्ने कुरामा चाहिँ औचित्य पुष्टि गर्ने गरी उहाँले तथ्य दिनुपर्छ,’ पत्रकारसँग गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसबारेमा समय लिएर सुविचारित रूपले स्टेप चाल्नुपर्छ भन्ने मात्रै हाम्रो कुरा हो।’

बालेनले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठसँग आफूले भेटवार्ता गरिरहेको तस्बिर पोस्ट गर्दै मेयर बालेनले सिंहदरबारले कुनै सहयोग नगरेको आरोप लगाएका थिए।

फेरि किन ‘फायर’ भए बालेन?

प्रकाशित: २०७९ चैत २७ गते सोमबार १०:४६
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना