काठमाडौँ- नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाईसँग नयाँ वर्ष २०२४’ योजना ल्याएको छ। यो योजना ईस्वी सम्वतको नयाँ वर्षदेखि सुरू भएको हो।
योजना अन्तर्गत ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा दुई लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजारसम्म र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म जस्ता आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।
यो योजनामा ग्राहकहरूले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरून्तै मूल्याङ्कन तथा एक्सचेन्ज सुविधा पाउनेछन्।
सबै हुन्डाई गाडीहरू तीन वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १७ शोरूमहरू तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।


