काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।
लुम्बिनी प्रदेश पाल्पा जिल्ला रैनादेवी छहरा गाँउपालिका वडा नं. ४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ जर्बुटा स्वास्थ्य चौकी उक्त शिविर आयोजना गरिएको बैंकले जानकारी दिएको छ।
लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गराएका छन्।
बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्दैछ।
शिविरमा स्त्रीरोग विज्ञहरुले महिलाको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन्।
प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरी स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जानकारी दिएको छ।
पौष १७ गते मंगलबारदेखि ग्लोबल आइएमई बैंक १७ औँ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न सामाजिक कार्यहरू गरिरहेको छ।


