२०८३ कार्तिक ११ गते मङ्गलबार

आइपीएलका नाममा ‘डिजिटल जुवा’, सूचना पाएपछि भुक्तानी रोक्न राष्ट्र बैंकको निर्देशन

 |  किशोर दाहाल
Sanket

किशोर दाहाल

काठमाडौँ, चैत २७
team 11

काठमाडौँ- विश्वकै महँगो फ्रेन्चाइज क्रिकेट लिग (आइपीएल)को फेन्टासीको नाममा नेपालमा ‘अनलाइन जुवा’ सुरु गरिएको छ। फेन्टासी गेम्स प्राइभेट लिमिटेडले टिम११ का नामबाट अनलाइन जुवा खेलाउन सुरु गरेको हो।

भर्चुअल रुपमा खेलाडीको नाम छनौट गरी अधिकतम प्वाइन्ट जम्मा गरेर रकम जित्ने योजना ल्याएको कम्पनीले खेलमा धेरै जनालाई योजनामा सहभागी गराएर सीमित व्यक्तिलाई मात्रै केही रकम दिने गरी अनलाइन जुवाकै प्रणालीमा आधारित खेल सुरु गरेको हो।

नेपालमा अनलाइन जुवाले कानुनी वैधता पाएको छैन। जुवा ऐन, २०२० अनलाइन जुवाका विषयमा अनभिज्ञ छ। ‘जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्छ,’ कानुनले परम्परागत जुवालाई मात्रै परिभाषित गर्दै दफा २ मा भनेको छ। सोही दफाको प्रतिषेधात्मक वाक्यांशमा ‘नेपाल सरकारको अनुमति लिई आयोजना गरेको कुनै पनि चिठ्ठा वा मरोरञ्जनका लागि कुनै सार्वजनिक वा प्रदर्शनीमा खेलिएको खेललाई जुवा नजनाउने’ उल्लेख गरेको छ।

सरकारको अनुमति लिई पटके रुपमा आयोजना हुने चिठ्ठा र मनोरञ्जन कार्यक्रमलाई निषेध नगरेपनि अनलाइन/अफलाइन जुवा खेलाउनका लागि संगठित संस्था/कम्पनी खोल्ने परिकल्पना ऐनले गरेको छैन। यो कानून अन्तिम पटक २०६६ साल माघ ७ गते संसोधन भएपनि अनलाइन मार्फत संस्थाषत रुपमा हुने बेटिङको सुरुवात भएको वा हुन सक्ने विषयमा कानुन निर्माता त्यसबेलासम्म अनभिज्ञ देखिन्छन्।

कम्पनीले अनलाइन जुवा खेल्नका लागि प्रेरित गर्न विभिन्न माध्यमबाट विज्ञापन गरिरहेको छ। विभिन्न अनलाइन सञ्चार माध्यममा विज्ञापन गर्न उसले ठूलो रकम खर्च गरेको छ।

भारतमा रहेको ड्रिम्स इलाभेन नामक अनलाइन फेन्टासी बेटिङ गेम छ। त्यहीँबाट प्रभावित भएर उस्तै प्रकृतिको टिम इलाभेन नेपालमा पनि लन्च भएको देखिन्छ। यद्यपि केही समयअघि भारतले फेन्टासीलगायतका अनलाइन बेटिङलाई नियमन गर्न कानुनी व्यवस्था गरिसकेको छ।

सन् २०१२ बाट भारतमा सञ्चालनमा आएको ड्रिम्स११ ले सन् २०१७ बाट निरन्तर रूपमा भारतका विभिन्न अदातलमा मुद्दा खेपेको थियो। २०२२ सेप्टेम्बर १४ त्यहाँको सर्वोच्च अदालतले यसलाई ‘सिपमा आधारित खेल’ भनेपछि भारतले कानुन निर्माण गरी नियमनको आधार बनाएको हो।

नेपालमा अझैपनि यससम्बन्धी कानुनी व्यवस्था नभएकाले वैधता पाउन बाँकी छ। तर वैध नभएको प्रकृतिको खेल खेलाउन भने सरकारी निकायबाट अनुमति लिइसकिएको कम्पनीको दाबी छ। टिम इलाभेन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई प्रबन्धपत्र नियमावलीमा अनलाइन गेम खेलाउनका लागि इजाजत लिएको उसको दाबी छ। विना कानुनी आधार कम्पनी रजिष्ट्रार कार्यालयबाट उक्त कम्पनीले इजाजत पाएको विषय संशयको घेरामा परेको छ।

कानुन‍मा व्यवस्था नभएका गतिविधि तत्काल सञ्चालन गर्नपर्ने देखिए सम्बन्धित नियामकको निर्देशनमा हुनुपर्ने मान्यता छ। तर कानुनी वैधता नपाएको फेन्टासी प्रकृतिको खेल खेलाउने र त्यसबाट रकम संकलन गर्ने विषयमा टिम इलाभेनले भुक्तानी प्रणालीको नियामक राष्ट्र बैंकबाट कुनै अनुमति लिएको छैन।

कम्पनीका अप्रेसन विभागका कर्मचारी निर्देश पौडेलले कानुनी रूपमा नै कम्पनी स्थापना गरी कारोबार गर्न थालिएको बताए। कानुन अनुसार हुन आउने सबै कर र इजाजत लिइएकाले उपभोक्ताले ढुक्कका साथ गेम खेल्न सकिने उनको दाबी छ। ‘यस विभिन्न खेलाडी छनौट गरेर आफ्नो स्किल प्रयोग गरी खेल्ने हो। हामीले कम्पनी कानुनी रुपमा दर्ता गरेर सञ्चालनमा ल्याएका हौं। यो कम्पनीले सरकारलाई कर पनि बुझाउँछ। योजनामा सहभागी भई विजयी हुनेले सरकारलाई २५ प्रतिशत कर पनि तिर्नुपर्छ,’ उनले दाबी गरे, ‘यसमा सहभागीलाई कुनै अप्ठेरो पर्दैन।’

कम्पनीले अनलाइन जुवा खेल्नका लागि प्रेरित गर्न विभिन्न माध्यमबाट विज्ञापन गरिरहेको छ। विभिन्न अनलाइन सञ्चार माध्यममा विज्ञापन गर्न उसले ठूलो रकम खर्च गरेको छ।

कसरी हुन्छ कारोबार?
टिम११ को साइटमा गएर एप डाउनलोड गर्न सकिन्छ। यसको एप गुगल प्लेस्टरमा छैन। वेवसाइटमा राखिएको क्युआर कोडको स्क्यान गरेपछि मात्र एप्लिकेसन डाउनलोड गर्न मिल्छ। एप्लिकेसन डाउनलोड पश्चात ‘साइन अप’ अप्सनमा गएर मोबाइल नम्बर र इमेल ठेगानामा आउने ओटीपी राखेपछि आइडी निर्माण हुन्छ। उक्त आइडीका आधारमा लग इन गरेर फेन्टासीमा सहभागी हुन सकिने कम्पनीले बताएको छ।

कानुनी वैधता नपाएको फेन्टासी प्रकृतिको खेल खेलाउने र त्यसबाट रकम संकलन गर्ने विषयमा टिम इलाभेनले भुक्तानी प्रणालीको नियामक राष्ट्र बैंकबाट कुनै अनुमति लिएको छैन।

यसमा क्यास कन्टेस्ट र प्राक्टिस कन्टेस्ट गरी दुई वटा मेनुमा आइपीएलमा सहभागी टिमका आधारमा फेन्टासी योजनामा सहभागी भई आफ्नो टीम तयार गर्न सकिन्छ। जस्तै सोमबार हुन गइरहेको रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी) र लकनाउ सुपर जाइन्ट (एलएसजी)का खेलाडीका आधारमा टिम तयार पार्ने र उक्त टिमका आधारमा कम्पनीले तयार पारेको योजनामा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।

खेलका लागि जारी गरिएको क्यास कन्टष्ट अन्तर्गत मेगा, हट, पपुलर, हट टु हट जस्ता योजनाहरु सार्वजनिक गरिएको छ। हाललाई मेगा योजना अन्तर्गत ४२ हजार ५५० जित्नका लागि १४९ रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। उक्त योजना अन्तर्गत ३५१ खेलमा सहभागिता जनाउन पाउनेछन्।

हट कन्टेस्ट अन्तर्गत १ हजार ५५० क्वाइन जित्न ५६७ रुपैयाँ तिर्नुपर्ने हुन्छ। जसमा ३ खेलहरुमा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ। १५ हजार क्वाइन जित्न ५ हजार ६७८ र ४० हजार क्वाइन जित्न ११ हजार १११ तिर्नुपर्ने भनिएको छ।

यसैगरी पपुलर कन्टेस्ट अन्तर्गत ७५० क्वाइन जित्न १३४ रुपैयाँ, २५ सय जित्न २४९ रुपैयाँ, ६ हजार ४५० जित्न ११ सय ९९ रुपैयाँ रकम प्रभु पे र आइएमई पेमार्फत कम्पनीलाई भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाइएको दाबी गरिएको छ। हेट टु हेट अन्तर्गत १०० क्वाइदेखि ४२ हजार क्वाइनका अफरहरु सार्वजनिक गरिएको छ। जसमा ५५ रुपैयाँ देखि २२ हजार २२२ रुपैयाँसम्म रकम जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

मेगा अन्तर्गत २०५, हट अन्तर्गत १ हजार ५५०, १५ हजार र ४० हजारको योजनामा १/१ जना र ८ हजार ५०० को योजनामा २ जना विजेता हुने योजना सार्वजनिक गरिएको छ। पपुलर अन्तर्गतको सबै स्किममा २/२ जना विजेता हुने तथा हेड टु हेट अन्तर्गत १००, ५००, २ हजार २५०, १० हजार ५००, २० हजार ७५० र ४२ हजारको योजनामा १/१ जना मात्रै विजेता हुने योजना राखिएको छ। यस्तै टीम इलेभनको ‘मोर’ भन्ने अप्सनमा बोनस सहितका प्याकहरु खरिदका योजनाहरु छन्। जसमा ५००, २ हजार ५००, ५ हजार र १० हजारको प्याक खरिद गर्ने सकिने र प्रत्येकमा १० प्रतिशत बोनस प्राप्त हुने भनिएको छ।

‘हामीले टिम११ बारे अध्ययन गरेका छौँ। त्यसरी सीमित व्यक्तिलाई मात्र फाइदा पुग्ने खालका अनलाइन खेल नेपालको विद्यमान कानुनअनुसार वैध होइनन्। त्यस्ता खेलको भुक्तानी राफसाफ नगर्न तत्काल सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ,’ पौडेलले जानकारी दिए।

फेन्टासीका लागि हालसम्म ३० हजारभन्दा बढी व्यक्त दर्ता भइसकेको टिम११ को दाबी छ। प्रत्येक दिन एक सयभन्दा बढी व्यक्तिले यसमा पुरस्कार जित्न सक्ने उसको भनाइ छ। पुरस्कारमा उसले एक लाख भन्दा बढी भुक्तानी गरिसकेको विवरण सार्वजनिक रूपमा राखिएपनि कति रकम संकलन गरियो भन्ने विवरण सार्वजनिक पहुँचमा छैन। आइएमई पे टिम११ को पेमेन्ट पार्टनर छ।

भुक्तानी राफसाफ नगर्न राष्ट्र बैंकको निर्देशन
टिम११ जस्ता अनलाइन फन्टासी खेल नेपालमा वैध नभएपनि आइएमई पे र प्रभु पेलगायतका भुक्तानी सेवा प्रदायकमार्फत् भक्तानी हुन थालेको विषयमा हामीले राष्ट्र बैंकसँग जानकारी माग गरेका थियौँ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले यस विषयमा अनुसन्धान गर्ने समय माग गरेका थिए। हाम्रो जिज्ञासापछि राष्ट्र बैंकले यसका विषयमा तत्काल अध्ययन गरेको बताएको छ।

राष्ट्र बैंकले आईएमई पेमा दर्ता भएको टिम इलाभेनको प्रबन्धपत्र र नियमावलीको अध्ययन गरेको थियो। अनुसन्धानको क्रममा दिनभरि धेरै जनासँग पैसा असुली गरेर सीमित व्यक्तिलाई बाँड्ने प्रकृतिको काम टिम ११ ले गरेको पाइएको विभागका पौडेलले बताए। ‘हामीले टिम११ बारे अध्ययन गरेका छौँ। त्यसरी सीमित व्यक्तिलाई मात्र फाइदा पुग्ने खालका अनलाइन खेल नेपालको विद्यमान कानुनअनुसार वैध होइनन्। त्यस्ता खेलको भुक्तानी राफसाफ नगर्न तत्काल सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ,’ पौडेलले जानकारी दिए।

हाललाई आइएमई पे र प्रभु पेलाई मौखिक आदेश दिएर टीम११ ले कानुनी रूपमा वैध भएको प्रमाण नदिँदासम्म भुक्तानी नगर्नका लागि भनिएको पौडेलले बताए। ‘भुक्तानी सेवा प्रदायकहरुले दिनभर भएको कारोबारका आधारमा पुरस्कारको घोषणा गर्न पाउँछन्। तर, दिनभर धेरै जनासँग पैसा उठाएर सिमित व्यक्तिलाई बाँड्ने प्रकृतिको कारोबार गर्न पाइने कानुनी व्यवस्था छैन्। त्यसैले अहिले उक्त कम्पनीले राष्ट्र बैंक समक्ष आफ्नो कानुन मान्यता स्थापित नहुँदासम्म भुक्तानी नदिन आईएमई पे र प्रभु पेलाई भनेका छौं’, पौडेलले भने। केही दिनमै लिखित आदेश आउने समेत उनले बताए।

यस्ता कारोबार गर्दा भुक्तानीको पाटोमा राष्ट्र बैंक जोडिन्छ। अनलाइन जुवा प्रकृतिको काममा पर्याप्त कानुनबिना राष्ट्र बैंकले अनुमति दिन नमिल्ने पौडेलको भनाइ छ। विभिन्न वालेट कम्पनी मार्फत कारोबार गरेबापत सेवाग्राहीलाई निश्चित प्रतिशत क्यास ब्याक योजना, विभिन्न कम्पनीका टिकट योजना वा कुनै आकर्षक पुरुस्कार दिने योजनासम्म संचालनका लागि राष्ट्र बैंकले अनुमति प्रदान गर्दै आएको छ।

प्रकाशित: २०७९ चैत २७ गते सोमबार ०९:३०
Sanket

किशोर दाहाल

दाहाल अर्थराजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

विदेशी खेलाडी ल्याउँदा भिसा, कर र भुक्तानी जटिलताले फ्रेन्चाइजलाई चुनौती

विदेशी खेलाडीले २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था, व्यावसायिक भिसाको अभाव र पर्यटक भिसामा प्रवेश गरेपछि भिसा परिवर्तन गर्नुपर्ने प्रक्रियाले अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता व्यवस्थापन...

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना