काठमाडौँ- कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
बैंकको शाखा कार्यालय बिर्तामोड, झापामार्फत हिमशिखर टोल विकास संस्थालाई १० थान डस्टबिन हस्तान्तरण गर्नुका साथै सरसफाई कार्यक्रम सम्पन्न गरेको हो।
बैंकका शाखा कार्यालय बिर्तामोडका शाखा प्रमुख मोदनाथ गुरागाईंले हिमशिखर टोल विकास संस्थाको अध्यक्ष देवराज प्रसाईंको उपस्थितिमा सरसफाई कार्यक्रम तथा डस्टबिन हस्तान्तरण गरेका थिए।
कार्यक्रममा स्थानीयवासी, संस्थाहरूका विशेष आमन्त्रितहरूका साथै बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने जनाएको छ।


