काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको कार्यसमितिले पूर्णता पाएको छ । अध्यक्षमा करण चौधरी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। आइतबार सदस्यहरुमध्येबाट पदाधिकारी चयन गरिएका छन्। अधिकांश पदाधिकारी सर्वसम्मत हुँदा केही केही निर्वाचन मार्फत चयन भए।
नाडाको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा चयन भएका छन् भने उपाध्यक्षमा निराकार श्रेष्ठ र राजनबाबु श्रेष्ठ चयन भएका छन्। महासचिवमा सुरेन्द्रकुमार उप्रेती र सचिवमा विक्रम सिंघानिया निर्वाचित भएका छन्। सिंघानियाले यमुना श्रेष्ठलाई पराजित गरे।
कोषाध्यक्षमा मिलनबाबु मल्ल र सहकोषाध्यक्षमा पंकज अग्रवाल चयन भएका छन्। कार्यसमिति सदस्यहरुमा दीपेन्द्रकुमार मिश्र, कपिल शिवाकोटी, नवराज भुसाल, सुनिल रिजाल, प्रदीपमान प्रधान, सन्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की र प्रकाश कपुरी चयन भएका छन्। कार्यसमितिले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठलाई सदस्यमा मनोनित गरेको छ ।


