काठमाडौं– एनएमबी बैंकको २८ औं बार्षिक साधरणसभा सम्पन्न भएको छ। बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहिबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा साधारणसभा सम्पन्न भएको हो।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमासाधारण सभा सम्पन्न भएको हो। सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार ब्यक्त गरेका थिए।
साधारण सभामासंस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन्। यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन्। एफएमओ को तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दिक प्रकाशलाई मनोनित गरिएको छ।
बैंकको २०८० आषाढसम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रहेको छ। बैंकले हाल देशभरी २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


