काठमाडौं– एनएमबी बैंकका संचालक समितिका अध्यक्षमा मनोजकुमार गोयल चयन भएका छन्। सञ्चालक र शेयरधनीको पस्थितिमा बिहिबार, राष्ट्रिय सभागृहमा बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो। साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए।
साधारण सभामासंस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन्। यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन्। एफएमओ को तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दिक प्रकाशलाई मनोनित गरिएको छ। निर्वाचित सञ्चालकहरु बैठकले मनोजकुमार गोयललाई अध्यक्षमा चयन गरेको छ।
बैंकको २०८० आषाढसम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रहेको छ। बैंकले हाल देशभरी २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


