२०८३ कार्तिक १४ गते शुक्रबार

कर्मचारीको पेशागत दक्षता अभिवृद्धि गर्दै सगरमाथा लुम्बिनी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस २९
sagarmatha

काठमाडौं- सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशमा कार्यरत कर्मचारीहरुको पेशागत दक्षता अभिबृद्धिका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको लुम्बिनी प्रदेश स्थित बुटवलमा  पुस  २७ र २८ गते आयोजना गरिएको कार्यक्रममा ६५ भन्दा बढी कर्मचारीहरुको उपस्थिती थियो।

कम्पनीले नेपाम बीमा प्राधिकरणको निर्देशिकाको कार्यान्वयन गर्दै आफ्ना कर्मचारीको क्षमता अभिवृद्धी गर्ने काम नियमित रुपम गरिरहेको छ । नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख श्री पुर्ण बहादुर थापा ज्युको प्रमुख आतिथ्यमा  सम्पन्न प्रशिक्षण कार्यक्रममा मार्केटिङ, अण्डरराईटिङ, दावी, मानव संसाधन, ब्राण्डिङ, लेखा र ग्राहक सेवा लगायतका बिषयहरुमा अन्तरकृयात्मक प्रस्तुतिकरण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा कम्पनिका सहायक महाप्रबन्धक द्वय श्री कविराज पौडेल तथा श्री सुभाष दिक्षित तथा अन्य विभागीय प्रमुखद्वारा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो ।

उक्त प्रस्तुतिकरणमा प्रस्तुत तथा विवेचना गरिएकाका विषयले कर्मचारिहरुमा ज्ञान र उत्साहको सञ्चार भएको सहभागीहरुले प्रतिक्रिया दिएका छन्। मर्जर पश्चात सगरमाथा लुम्बिनी ईन्स्योरेन्सले बजार बिस्तार र ग्राहक सेवालाई पहिलो प्राथमिकता दिएको छ। बजार बिस्तार लगायत ग्राहक सेवामा सबै भन्दा ठुलो भुमिका कर्मचारीहरुकै हुन्छ, यसले गर्दा कम्पनीले केन्द्रमा रहेका कर्मचारीहरुलाई मात्रै नभई प्रदेश स्तरका कर्मचारीहरुलाई समेत उतिकै दक्ष बनाउने रणनीति बनाएको छ।

बीमा कम्पनीहरु काठमाण्डौ तथा प्रमुख शहरहरुमा मात्रै केन्द्रित रहदै आएकोमा मर्जर पश्चात आफ्नो व्यावसायिक क्षमतालाई अधिकतम उपयोग गर्दै ग्रामिण क्षेत्रमा पनि बजार विस्तार गर्न लागि परिरहेका छन् । यसै क्रममा सगरमाथा लुम्बिनी ईन्स्योरेन्सको यो कार्य सह्रानिय देखिएको छ।

प्रकाशित: २०८० पुस २९ गते आईतबार ०५:०१
प्रतिक्रिया

थप समाचार

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने

काठमाडौँ: कृषि विकास बैंकको स्मार्ट प्लस मोबाइल एपबाट अब डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सकिने भएको छ। डिसहोमका अनुसार ग्राहकले एपमार्फत इन्टरनेट तथा आईपीटीभीको संयुक्त प्याकेज, इन्टरनेट...

दराज ११.११ नोभेम्बर १ देखि, ८० प्रतिशतसम्म छुट र थाइल्यान्ड भ्रमण जित्ने अवसर

काठमाडौँ: अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले तिहार तथा छठलाई लक्षित गर्दै ‘दराज ११.११’ अभियान ल्याउने भएको छ। ‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यस अभियानमा उपभोक्ताले ८० प्रतिशतसम्म...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना