२०८३ कार्तिक १६ गते आईतबार

‘सांसदको भूमिका प्रभावकारी हुन सकेन’

 |  जयन्तीदेवी राई
Sanket

जयन्तीदेवी राई

काठमाडौँ, माघ ३
ssf

मूलतः हामीकहाँ संसदीय अभ्यासको सस्थागत विकास भइसकेको छैन। नयाँ विषय सदनमा प्रवेश ग¥यो भने प्रमुख प्रतिपक्षी दलले सदन चल्न नदिने परिपाटी पछिल्लो समय विकसित हुन थालेको छ। यसले गर्दा सदनमा आएका जनसरोकारका विषयलाई चाँडो सम्बोधन गर्न कठिन भइरहेको छ। एक वर्षका अभ्यासमा यो धेरै चल्यो सोही कारण विधेयक निर्माण ओझेलमा पर्यो।

राष्ट्रियसभाको मुख्य दायित्व विधेयक बनाउने र पारित गर्ने नै हो। जनजीविका र राष्ट्रिय सवाललाई पनि उठाउनुपर्ने बाध्यता छ। समग्ररूपमा सोचेअनुरुप गर्न नसकिए पनि केही न केही काम त भएकै छ। तर सदन सञ्चालन प्रक्रिया ठीक ढङ्गले भइरहेको छैन। गर्नसक्ने कुरा धेरै गरिएको छैन तर, पनि काम हुँदै नभएको भने होइन।

प्रतिनिधिसभाले भन्दा राष्ट्रियसभाले धेरै कानुन उत्पत्ति भएर पारित गरेको उदाहरण पनि छ। बन्न नसकेका विभिन्न कानुनको अध्ययन र समीक्षा गर्यौँ। सङ्घीयतालाई कसरी बलियो बनाउने भनेरै काम नभएका होइनन् तर त्यतिमै सुन्तुष्ट हुने अवस्था छैन।

सदन निरन्तर सञ्चालन नभएका कारण कानुन निर्माण र जनताका सवाललाई प्रभावकारीरूपमा उठाउन सकिएको छैन। राजनीतिक दाउपेचका कारण कानुन निर्माणको पाटो ओझेलमा परेको छ। राजनीतिक दलहरूबीच एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति मौलायो। यसले गर्दा कानुन बनाउने कार्यले गति लिन सकेन। सांसद बढी विकासका काममा खटिनुपर्ने बाध्यता पनि छ।

सङ्घीय संसद्को मुख्य काम कानुन बनाउने हो। तर त्यो प्रभावकारी हुन सकिरहेको छैन। सङ्घीय सरकारले कानुन बनाएर स्थानीय सरकारलाई विकास निर्माणको जिम्मा दिनुपर्ने हो। अब यो कहाँ–कहाँ मिलिरहेको छैन। एउटा सांसदले पूरै फाइल बोकेर हिँडिरहनुपर्ने अहिलेको अवस्था छ। तथापि राष्ट्रियसभामा आएका कतिपय विधेयक अड्काएर राखेका छैनौँ। हामीले आएका विधेयकलाई कानुनी रूप दिन विलम्ब गरेनौँ। राष्ट्रियसभामा आएका विधेयकलाई हामीले थन्क्याएर राख्दैनौँ। हामी आफैँले पनि विधेयक बनाएका छौँ, आएका विधेयकलाई चाँडो पारित गर्ने गरेका छौँ। राष्ट्रियसभाको गतिविधि नराम्रो छैन। त्यहाँ हरेक कुरा सहमतिकै आधारमा अघि बढ्ने भएकाले तल्लो सदनमा जस्तो राजनीतिक दाउपेच बढी हुँदैन।

सदनमा प्रतिपक्षीको प्रभावकारी भूमिका हुनुपर्छ। जति प्रतिपक्षीको प्रभावकारी भूमिका भयो त्यति नै संसद् र सरकारको भूमिका प्रभावकारी हुन्छ। त्यस्तो भएन, प्रतिपक्षले पनि राम्रोलाई राम्रो र गलतलाई गलत भन्न सक्नुपर्छ। अथवा यहाँ यो विषय गलत भएको छ सच्याउ है भन्नुपर्छ। समग्र जनताको हितमा छ भने त्यो खालको परिपाटी बसाल्नुपर्ने हो। तर परम्परागत ढङ्गले चलिरहेको छ। सदन अवरुद्ध गराएर उठान गर्न नदिने अभ्यास छ। प्रतिपक्षको भूमिका पनि राम्रो देखिएन। यसलाई सच्याएर जानुपर्ने टड्कारो आवश्यकता छ। जस्तो राष्ट्रिय सरोकार र जनसरोकारका विषयमा यो भएको छैन यस्ता कुरालाई समेट है भनेर खबरदारी गर्नुपर्नेमा सदन अवरुद्ध गरेर जनताको विषय प्रवेश गर्न नदिने परिपाटीले गलत अभ्यास भइरहेको छ।

राम्रै काम गर्यो भने पनि यो सत्ताले गरेको भनेर विरोध गर्नुपर्ने। पटक–पटकको सदन अवरुद्धजस्ता गतिविधिले गर्दा सांसदको भूमिका प्रभावकारी बन्न सकेको छैन। राष्ट्रियसभाले विभिन्न विधेयक पारित गरेको छ। थाँती रहेका विधेयक चाँडो टुङ्गो लगाउन पहलकदमी गरेका छौँ। सभामा आएका विधेयकलाई चाँडो पारित गर्न हामीले समय–समयमा सरकारलाई बोलाएर छलफल गरेका छौँ।

संसद्को बाँकी अवधिमा बनाउनुपर्ने कानुन कति हो ? प्रदेश सरकारले कति कानुन बनायो ? तत्काल बनाउनुपर्ने कानुन कुन–कुन हुन्। बनेका कानुन कति प्रभावकारी रहे र बनाउनुपर्ने कानुन कुन र कति छन् वर्गीकरण गरेर पनि अध्ययन गर्यो, त्यसले देशभर सकारात्मक सन्देश दिएको छ। सरकारले कानुन निर्माणलाई प्राथमिकता दिएर जनताका आवश्यकतालाई ध्यान दिनुपर्ने खाँचो छ।

सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि कानुन जरुरी
सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि चाँडो कानुन बनाउनुपर्नेछ। तीन तहका सरकारबीच प्रभावकारी समन्वय जरुरी छ। सङ्घीयतालाई बलियो बनाउन तीव्रगतिमा काम गर्नुपर्नेछ। कर्मचारी समायोजनदेखि अधिकार प्रत्यायोजनलगायत थुप्रै काम गर्न बाँकी छ। तीन तहकै सरकारमा अनेक किसिमका समस्या आइरहेको छ। स्थानीय तहले काम गर्न चासो देखाए तर वनसम्बन्धी ऐन बाँझिएको, स्रोत साधनको अधिकार र जिम्मेवारीको स्पष्टता नहुनु तथा कतिपय राष्ट्रिय गौरवका आयोजनाले पनि गति लिनसकेका छैनन्।

कर्मचारी समायोजनदेखि स्थानीय तहलाई सक्रिय बनाउनुजस्ता मुख्य चुनौतीलाई ध्यान दिएर सरकारले सहजीकरण र व्यवस्थापनको कामलाई प्राथमिकता दिनुपर्छ। तत्काल कानुन बनाएर कर्मचारी समायोजन गर्ने। सेना र प्रहरीलाई कति अधिकार दिनेजस्ता विषयमा बढी केन्द्रित हुनुपर्नेछ। राष्ट्रियसभाले तुलनात्मकरूपमा गर्नुपर्ने काम गरेको छ। विभिन्न कठिनाइका बाबजुद पनि ७० प्रतिशत काम भएको छ।

राष्ट्रियसभामा हामीले राम्रो अभ्यास गर्न पाएका छौँ। विषयवस्तु स्पष्ट राखेका छौँ। त्यसैले सभामा मेरो व्यक्तिगतरूपमा असाध्यै राम्रो रहेको छ। सभामा बोल्ने र जनताका कुरा उठाउने र सरकारलाई सुझाव दिने कुरामा कुनै कन्जुस्याइँ गरिएको छैन। भूक्म्पबाट प्रभावितको राहत र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन जरुरी छ। नेपालप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेको छ। सन्तुलित र संयमित ढङ्गले कूटनीतिक भूमिका निर्वाह गर्न जरुरी छ।

सदन चाँडो सञ्चालन गरेर जनताको कुरा जनप्रतिनिधिले सदनमा उठाउने वातावरण बनाइनुपर्छ। समयसान्दर्भिक विषयमा सहमति जुटाएर अघि बढ्नुपर्छ। भ्रष्टाचार नियन्त्रण गर्नेजस्ता विषयमा राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्छ। भूकम्प प्रभावित जनताको अस्थायी आवासको काम सुस्तगतिमा भइरहेको छ। चिसोबाट जनतालाई जोगाउन पूर्वतयारीका कामलाई ध्यान दिनुपर्ने आवश्यकता छ।

सरकारले सदनलाई ‘बिजनेस’ दिनुपर्यो। सांसदले कानुनसहित जनताका तात्कालिक आवश्यकतालाई सरकारसँग पुलका रूपमा भूमिका खेल्नुपर्ने अपरिहार्यता र जिम्मेवारी पनि हो। सदन चलेर जनताका कुरा राख्ने र उनीहरूको आवश्यकता पूरा गर्नेतर्फ हामीहरू सक्रिय हुनैपर्छ। जनताको कुरा उजागर गर्ने सदन नै हो। सदन लामो समयसम्म बन्द हुँदा बाहिर नराम्रो सन्देश गइरहेको छ।

जनताको समस्याप्रति सचेत छौँ
आगामी दिनमा सदनको भूमिकालाई प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्षभन्दा पनि कस्ता विषय र सवाल आएका छन् तिनको सान्दर्भिकतालाई हेरर सहमतिका आधारमै समाधान गरिनुपर्छ। जनताको तत्कालै गर्नुपर्ने काम समयमा गर्न सदन लामो समय रोकिनु हुँदैन। जनताको कुरा गर्ने मुख्य थलो संसद् भएकाले यसलाई नियमित स्वच्छ र स्वस्थ ढङ्गले सञ्चालनको सुनिश्चितता हुन जरुरी छ।

जनताको समस्याप्रति हामी अत्यन्तै सकारात्मक छौँ। जनताले पनि कुनै लहड र भावनामा नबगी नकारात्मकभन्दा पनि यथार्थमा संयमित भएर आफ्ना विषयलाई व्यवस्थित ढङ्गले उठाउने र सम्बन्धित निकायमा लैजाने गर्नुपर्छ। अहिले सामाजिक सञ्जालमा नकारात्मक धारणा बनाउन उद्यत गराउने, नागरिक समाजलगायत समुदायले पनि नकारात्मक टिप्पणी गर्ने प्रचलन बढेको छ। जनता अहिले सकारात्मकभन्दा पनि नकारात्मक बहकाउमा लाग्ने अवस्था आउनुमा राजनीतिक दलको पनि दोष छ। तर सधैँ नकारात्मक होइन रचनात्मक ढङ्गले विषय सदन र सरकारसमक्ष पुर्याउने वातावरण बनाउन जनता र जनप्रतिनिधि अनि सरकारको उत्तिकै भूमिका अपरिहार्य छ।

(सांसदसँग रासस संवादका लागि नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राईसँग समाचारदाता सिबी अधिकारीले गरेको कुराकानी। विसं २०३६ देखि विद्यार्थी राजनीतिमा लाग्नुभएकी सांसद राई विसं २०७८ देखि एकीकृत समाजवादीमा आबद्ध भइन्। उनी अहिले एकीकृत समाजवादको कोशी प्रदेशबाट सङ्घीय संसद्को राष्ट्रियसभा सदस्यका रूपमा प्रतिनिधित्व गर्छिन्। नेतृ राई हाल राष्ट्रियसभाअन्तर्गतको विधान व्यवस्थापन समितिको सभापतिसमेत हुन्। विसं २०४७ मा नेकपा (एमाले)मा आबद्ध भएकी उनी विसं २०६३ को अन्तरिम व्यवस्थापिका संसद् सदस्य, विसं २०७० को संविधानसभा सदस्य थिइन्। एमालेमा दुई कार्यकाल केन्द्रीय सदस्य, अखिल नेपाल महिला सङ्घको उपाध्यक्ष, अखिल नेपाल महिला सङ्घ समाजवादीको केन्द्रीय अध्यक्ष हुन्।)

प्रकाशित: २०८० माघ ३ गते बुधबार ०९:५५
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना