काठमाडौँ- सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदको महासचिव नियुक्तिका लागि गरिएको सिफरिसबारे राष्ट्रपतिलाई स्मरणपत्र पठाएका छन्।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेयलाई सिफारिस गरेका थिए।
तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय गरेका छैनन्।
लामो समयसम्म पाण्डेयको नियुक्ति नभएपछि सभामुख घिमिरे तिमिल्सिनाले ४ माघमा स्मरणपत्र पठाएका हुन्।
राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले सभामुखको पत्र आएको बताए।


