काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बिहीबारको भएको निर्वाचनमा महिला कोटामा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भइन्। उनी दुई हजार ७५६ मतभारसहित निर्वाचित हुँदा नेकपा एमालेकी तुलसाकुमारी केसीले एक हजार ५३७ मतभार प्राप्त गरिन्।
अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गर्दा जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय १२ मतभार प्राप्त गरे।


