विराटनगर- राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनलाई पराजित गर्दै एमाले विजयी विजयी भएको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी चम्पादेवी कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी हुन्।
एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन् भने कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी चम्पादेवी कार्कीले ४ हजार ९९२ मतभार पाइन्।


