काठमाडौं- कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।
कोशी प्रदेशमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका सिटौला एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार उद्धव पौडेललाई पराजित गरेका हुन्।
सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्।
कोशीमा नेकपा एमाले र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए।
एमालेकाे समर्थन पाएका राप्रपा उम्मेदवार उद्धव पौडेलले चार हजार ५६२ मतभार ल्याएका छन्।
कोशीमा गठबन्धनबाट नै उम्मेदवार बनेकी चम्पादेवी कार्की भने पराजित भइन्। एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेकी रुक्मिणी कोइरालाले चम्पालाई पराजित गरिन्।


