काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघदेखि विकास आयोजनामा दबाबयात्रा सुरु गर्ने भएको छ।
सभापति रवि लामिछानेले माघ २१ गते मेलम्ची खानेपानीको आयोजनाबाट दबाबयात्राको सुरुवात गर्ने रास्वपाले जानकारी दिएको छ।
मेलम्ची दबाबयात्रामा सबै सांसद र केन्द्रीय नेता सहभागी हुने रास्वपाले जानकारी दिएको छ।
अरु आयोजनाको दबाबयात्राको मिति नतोकेको रास्वपाले दबाबयात्रा गर्ने आयोजना र सांसदको नाम तय गरेको छ।
मेलम्ची आयोजना दबाबयात्रा सांसद सोविता गौतमको अगुवाइमा हुनेछ।
सभापति रविले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाबयात्रा गर्नेछन्।
दबाबयात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल २१ जनाले २१ आयोजनामा हुने दबाबयात्राको अगुवाइ गर्नेछन्।
रास्वपाले एक प्रदेशमा तीन वटा पर्ने गरी दबाब यात्रा गर्ने आयोजना छनोट गरेको छ।
यसअघि पुस दोस्रो साता रास्वपाले नारायणगढ–बुटवल सडक खण्डमा दबाबयात्रा गरेको थियो।
यस्तो छ सूची


