२०८३ कार्तिक १६ गते आईतबार

दरबार हत्याकाण्डबारे प्रचण्डजी सल्लाह नगरी बोल्नुहुन्छ, गिरिजाबाबुले मलाई सोध्नुहुन्थ्यो : माधव नेपाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १८
madhav_kumar_nepal_MAKUNE

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सल्लाह नगरी बोल्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।

बिहीबार जनकपुरधाम पुगेका अध्यक्ष नेपालले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले विगतमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि आफूसँग परामर्श गरी अभिव्यक्ति दिने गरेको तर वर्तमान प्रधानमन्त्रीले जथाभावी बोलेको भन्दै असन्तष्टि व्यक्त गरेका हुन्।

‘प्रचण्डजीले यस्ता विषयमा सल्लाह नगरी बोल्नुहुन्छ, मसँग नै सोधे पनि हुन्थ्यो नि,’ अध्यक्ष नेपालले पत्रकारहरूसँग भने, ‘कमसेकम गिरिजाबाबुले मलाई सोध्ने गर्नुहुन्थ्यो, के गर्ने माधवबाबु भन्ने गर्नुहुन्थ्यो!’

संवेदनशील विषयमा आफूहरूसँग सल्लाह गरेर अभिव्यक्ति दिँदा राम्रो हुने उनको भनाइ थियो।

‘यस्ता कुराहरूका बारेमा अलि सरसल्लाह गरेर गरे राम्रो हुन्थ्यो,’ उनले भने, ‘हामीसँग कुनै सल्लाह भएको छैन।’

गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसका तत्कालीन सभापति पनि थिए। प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष छन्।

माघ १५ गते (सोमबार) प्रधानमन्त्री प्रचण्डले बारा पुगेर दरबार हत्याकाण्डका विषयमा छानबिन हुने बताएका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिएको दुई दिन नबित्दै प्रधानमन्त्री प्रचण्डको त्यस्तो अभिव्यक्ति आएको थियो।

त्यसअघि शनिबार वीरगञ्जमा आयोजित समारोहमा मन्तव्य राख्दै दरबार हत्याकाण्डका विषयमा आफूमाथि घातक प्रहार भएको गुनासो गरेका थिए।

सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५९ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंशनाशको घटनाका विषयमा छानबिन हुने बताएका हुन्।

प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे।

ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा आफू र आफ्नो परिवारबारे भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको दाबी गरेका थिए। शाहले आफू र आफ्नो परिवारमाथि घातक प्रहार गरिएको समेत उल्लेख गरेका थिए।

‘जेठ १९, २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएका थियो,’ सम्बोधनका क्रममा ज्ञानेन्द्रले भने, ‘हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो।’

शाहले राष्ट्र प्रेम र राष्ट्र हितको सदाशयता कायम नरहँदा देशमा विषम परिस्थिति बढ्दै जाने र त्यस्तो बेथितिबाट आम जनतामा आक्रोश उत्पन्न हुन्छ भन्ने त्यत्तिखेर नै आङ्कलन गरेको जिकिर गरे। बितेका १५ वर्षमा त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको उनको भनाइ थियो।

शाहले हाम्रो राज्य व्यवस्था, हाम्रो राजनीति, हाम्रो अर्थ व्यवस्था र हाम्रो सामाजिक दुरावस्था सबैको राम्रो मूल्याङ्कन गरेर सबैको सुधार, सबैको उपकार, सबैको विकास र सबैतिरको निकासको बाटोमा लाग्नुपर्ने सुझाव दिएका थिए।

यसअघि गत जेठ १६ गते पनि प्रधानमन्त्री दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता गरेका थिए। नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका थिए।

‘ठूलाठूला भयानक हत्याकाण्डहरु छन्, ती हत्याकाण्डहरुको खोजिनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसको छिनोफानो भएको छैन। नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन्। के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन। यी सबै कुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ।’

प्रचण्डले जेठ १६ गतेयता दरबार हत्याकाण्डका विषयमा छानबिनका लागि कुनै प्रयास भने गरेका छैनन्। उनले परिस्थितिअनुसार अभिव्यक्ति दिने गरे पनि आफ्ना अभिव्यक्तिलाई कार्यान्वयन गर्न भने चुक्ने गरेका छन्।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको जिकिर गरेका छन्। आइतबार (माघ १४ गते) काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको आरोप लगाएका थिए। कुशलाई बाहुन बनाएझैं जस्तै राजा ज्ञानेन्द्रलाई पनि राजा बनाइएको ओलीको टिप्पणी थियो।

ओलीले तत्कालीन युवराज ‘दीपेन्द्रले दरबार हत्याकाण्ड गरायो’ भन्ने तर्क वाहियात भएको जकिर गरे। ‘त्यो षड्यन्त्रले तत्कालीन राजा, रानी, युवराज, राजकुमार, अधिराजकुमारी अन्त्य गर्‍यो। राजतन्त्र समाप्त गर्‍यो,’ उनले भने, ‘ज्ञानेन्द्र शाह राजा होइन। बाहुनले बाहुन भनेर टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै कुशको राजा मात्र हुन् ज्ञानेन्द्र।’

राजाको जेठो छोरा राजा हुने व्यवस्था भएपनि कान्छो छोराछोरीसमेत मारिएकाले त्यही बेला राजतन्त्र समाप्त भएको ओलीको जिकिर थियो।

प्रकाशित: २०८० माघ १८ गते बिहिबार ०१:४८
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना