काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपीएल)मा बुधबार राति चेन्नई सुपर किंग्स तीन रनले पराजित भएको छ। चेन्नई रंगशालामा सम्पन्न खेलमा उसले राजस्थान रोयल्ससँग ३ रनको हार व्यहोरेको हो।
पहिले ब्याटिङ गरेको राजस्थानले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर १७५ रन बनाएको थियो। जवाफमा १७६ रनको लक्ष्य पछ्याएको चेन्नई ६ विकेट गुमाएर १७२ रनमा समेटियो।
राजस्थानका लागि अलराउन्ड प्रदर्शन गरेका रविचन्द्र अश्विनले ३० रन बनाए भने दुई विकेट लिएका थिए। उनी प्लेयर अफ दि म्याच बने। राजस्थानकै जोस बटलरले ५२ रन बनाएका थिए।
यता चेन्नईका रविन्द्र जाडेजाले १५ बलमा २५ रन बनाए भने डिभोन कोन्वेले ५० रनको योगदान दिए। चेन्नईलाई लक्ष्य पुरा गर्न नदिनका लागि युजवेन्द्र चहल र अस्विनले समान २–२ विकेट गिराएका थिए।
आइपिएलमा आज राति पञ्जाब किंग्सले गुजरात टाइटन्सको सामना गर्नेछ।


