काठमाडौँ- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ। बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने पार्टी कार्यालयले जनाएको छ।
बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने पार्टी सचिवालयले जनाएको छ।
साेमबारदेखि संसदकाे हिउँदे अधिवेशन सुरू हुदैछ।


