काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वडा नम्बर-३१ स्थित आलोकनगरमा डोजर चलाएको छ।
सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको महानगर प्रहरीले जानकारी दिएको छ।
उसका अनुसार वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काइएको हो।
काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ।









्



