काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेरामक्स प्रकरणमा आफ्नो संलग्नता रहेको कुरा सत्य नभएको बताएका छन्।
पत्रकारहरुलाई स्वच्छ पत्रकारिता गर्न आग्रह गरेका कार्कीले यस्तो बताएका हुन्। संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा सहभागी हुन पुगेका सांसद कार्कीलाई पत्रकारहरुले अख्तियारको सम्पर्कमा नआएको आरोप माथि प्रश्न गरेका थिए।
जवाफमा कार्कीले भने, ‘यसमा कुनै सत्यता छैन, स्वच्छ पत्रकारिता गर्नुस्,’ कार्कीले भने, ‘म पछि बोल्नेछु। तपाईंहरू आफैँ खोज्नुहोस्।’


