काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्।
कार्कीले आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
स्रोतका अनुसार उनले कांग्रेसबाट दुई जना मन्त्री र एक राज्यमन्त्री बनाउनेछन्।
यस्तै माओवादी केन्द्रका तर्फबाट दुई जनालाई मन्त्री बनाउनेछन्।
नयाँ मन्त्रीहरुको सपथ अपराह्न ४ बजेलाई तोकिएको छ।


