विराटनगर- कोशी प्रदेश सरकार र पहिचानपक्षधरबीच अन्ततः सहमति भएको छ। सरकार र पहिचान पक्षधरबीच शुक्रबार पाँचबुँदे सहमति भएको हो।
दुईपक्षबीच पहिचानका आधारमा पुन नामाङ्कन गर्न दुवै पक्षले पहल गर्ने सहमति भएको छ।
यस्तै प्रदेश नामंकनप्रति असन्तुष्टि राख्दै भएका आन्दोलनमा घाइते बनेकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने र आन्दोलनकारीलाई लगाएको मुद्दा फिर्ता लिने सहमति जुटेको छ।
पहिचान पक्षधरले आन्दोलनको स्वरुप परिवर्तन गर्ने र अर्को वार्ता १० गते भित्र बस्ने सहमति जुटेको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले बताए।


