२०८३ कार्तिक १२ गते बुधबार

चुनावमा ठूलो दल बनेपनि किन प्रदर्शन गर्दैछ पीटीआई?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २८
pti

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इंसाफ (पीटीआई) चुनावबाट सबैभन्दा ठूलो दल बनेको छ।

कुल २६६ सिटका लागि भएको सदनको तल्लो सभा (नेसनल एसेम्ब्ली)को निर्वाचनमा १०१ सिट जितेर पीटीआई सबैभन्दा ठूलो दल बनेको छ।

उनको दललाई पाकिस्तान मुस्लिम लिग (पीएमएलएन)ले पछ्याएको छ। उक्त दल ७४ सिटमा विजयी हुँदा पाकिस्तान पिपल्स पार्टी (पीपीपी)ले ५४ स्थानमा विजय भएको छ। बाँकी सिट अन्य दलले जितेका छन्।

निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको भनिए पनि खानको पीटीआईका भनिएका सबै सांसद स्वतन्त्र हैसियत जितेका हुन्। खानको दललाई चुनावमा भाग लिन दिइएको थिएन। यद्यपि स्वतन्त्र हैसियतमा विजयी भएका अधिकांश सांसदले पीटीआईलाई समर्थन गर्ने त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

चुनावमा सबैभन्दा बढी सिट जिते पनि पीटीआईले सरकार बनाउने तयारी भने गरेको छैन। बरु उसले विरोध प्रदर्शन गर्ने तयारी गरेको छ।

चुनावमा धाँधली गरिएको भन्दै पीटीआईले विरोध प्रदर्शनको तयारी गरेको हो। पार्टीले लाहोर, फैसलावाद, रावलपिण्डी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरांवालामा प्रदर्शन गर्न कार्यकर्तालाई आह्वान गरेको छ।

पीटीआईले दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूर्ण प्रदर्शनको तयारी गरेको छ। यसअघि भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा एक जनाको मृत्यु समेत भएको छ।

‘जनादेश विपरीत जाने प्रयासको विरोधमा शान्तिपूर्ण प्रदर्शन हुनेछ,’ पीटीआईले एक्समा पोस्ट गरेको छ।

आइतबार चुनाव सम्पन्न भएको तेस्रो दिन हो। यद्यपि नेशनल असेम्बलीका ७ सिटको चुनवाी नतिजा प्राप्त हुन बाँकी छ। यी सातै सिट सिट बलुचिस्तान प्रान्तअन्तर्गतका हुन्। यस्तै नेसनल एसेम्ब्लीअन्तर्गत एक निर्वाचन क्षेत्रको नतिजा रद्द गरिएको छ एक स्थानमा चुनाव सारिएको छ।

शनिवार पीटीआईका चेयरम्यान गौहर अली खानले शनिबार रातिसम्म जहाँजहाँको नतिजा सार्वजनिक गरिँदैन त्यहाँत्यहाँका मतगणनास्थल बाहिर प्रदर्शन गर्ने बताइसकेका छन्।

सबै क्षेत्रको नतिजा नआएपनि सरकार बनाउनका लागि एकल बहुमत पुर्‍याउन कुनै पनि दलले नसक्ने देखिएको छ। अब पाकिस्तानमा गठबन्धन सरकार बन्ने पक्का छ।

मिलेर सरकार बनाउन तयार छौँ : नवाज शरिफ

पाकिस्तानको नेशनल एसेम्बलीमा कुल ३३६ सिट छन् । २६५ सिट (२६६ स्थानका लागि हुनुपर्नेमा एक स्थानको चुनाव सारिएको) का लागि बिहीबार निर्वाचन भएको थियो। नेसनल एसेम्ब्लीका ७० सिट आरक्षण तोकिएको छ। स्थगित भएको एक स्थानमा आगामी १५ फेब्रुअरीमा मतदान हुनेछ।

नेसनल एसेम्ब्ली ३३६ सिटको हुने भएपनि सरकार बनाउनका लागि आवश्यक संख्यामा आरक्षणबाट आएका ७० सिटको गणना गरिँदैन। प्रत्यक्ष चुनावबाट आएका २६६ को ५० प्रतिशत अर्थात् १३४ सिट पुर्‍याउन सक्ने दलले सरकार बनाउन सक्छ।

एकल बहुमत (१३४ सिट) पुर्‍याउन नसकेपछि मिलिजुली सरकार बनाउने तयारी सुरु भइसकेको छ। यसअघि तीनपटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफले गठबन्धन सरकार बनाउन आह्वान गरिसकेका छन्।

शरिफको पार्टी पीएमएल-एन र बेनजिर भुट्टोका छोरा बिलावाल भुट्टो जर्दारीको पार्टी पीपीपीका नेताहरुबीच शनिबार इस्लामावादमा बैठक समेत भएको थियो। नवाज शरीफका भाइ एवम् पूर्वप्रधानमन्त्री शहबाज शरीफले बिलावल भुट्टो र उनका बुवा अशिफ अली जर्दारीसँग छलफल गरेका थिए।

शरीफले मुत्ताहिदा कौमी मुभमेन्ट (एमक्यूएम) लगायत साना दललाई समेटेर सरकार गठनको प्रयास जारी राखेका छन्। यीमध्ये एमक्यूएमले १७ सिट जितेको छ। सो पार्टीका नेताहरु शरीफलाई भेट्न इस्लामावाद गएको पाकिस्तानका मिडियाहरुले उल्लेख गरेका छन्।

यसबाहेक आईपीपी, जेयूआई र केही स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाउने गृहकार्य पनि शरीफले गरेका छन्। शनिबारसम्म तीन जना स्वतन्त्र सांसदले शरीफको पार्टीमा सामेल भएको घोषणा गरिसकेका छन्।

इमरान खान पक्षधर सांसदका यी हुन् विकल्प

प्रकाशित: २०८० माघ २८ गते आईतबार ११:२४
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना