२०८३ कार्तिक १४ गते शुक्रबार

ब्रिटिस कलेजका विद्यार्थीद्वारा भारतमा भएको उद्यमशीलता सम्मेलनमा उत्कृष्ट नतिजा हासिल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २९
the_british

काठमाडौँ– द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले भारतमा भएको ‘राष्ट्रिय उद्यमशीलता सम्मेलन (एनईसी) २.०’ मा उत्कृष्ट नतिजा हासिल गरेका छन्। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा अध्ययनरत दुई विद्यार्थीहरु तरुण अग्रवाल र सचेत रोयले एनईसी २.० मा उत्कृष्ट स्थान हासिल गरेका हुन्।

गत जनावरी २६ देखि २८ सम्म भारतको केरेलास्थित पालक्कडमा लिड कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित ‘व्यवसाय योजना प्रतियोगिता र मेगा पिच फेस्टिभल’ मा नेपाली विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गरेका हुन् । प्रतियोगितामा १५० वटा टिमको सहभागिता रहेको थियो। टीबीसीका विद्यार्थीहरु प्रविधि क्षेत्रको स्टार्टअपमा शीर्ष पाँच भित्र परेका हुन् भने आईडियसनको चरणको योजनाहरुमा पहिलो स्थान हासिल गरे। यो असाधारण उपलब्धिसँगै सहभागी विद्यार्थीहरुले प्रमाणपत्र तथा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन्।

सफलतापछि प्रतिक्रिया दिँदै सहभागी विद्यार्थी अग्रवालले भने, ‘प्रतियोगितामा अवधारणा प्रदर्शन गर्न हामीले विजेनेश र कम्प्युटिङका सहपाठीहरु सँगै काम गर्ने मौका पायौँ। यसको लागि टीबीसी इक्युबेशन सेन्टरका प्रमुख सुबोध रुपाखेती सरले अमूल्य सहयोग प्रदान गर्नुभयो। उहाँको सहयोगले हामीले ग्लोबल प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्यौँ।’

प्रतिस्पर्धासँगै विद्यार्थीहरुले उद्योगपतिहरु, आफू सरहका उद्यमी लगायतसँग छलफल गर्ने, नेटवर्किङ विस्तार गर्ने तथा विभिन्न स्थानहरुको भ्रमण गर्ने अवसर समेत प्राप्त गरे।

विद्यार्थीहरुको उपलब्धिमा बधाई ज्ञापन गर्दै टीबीसी इन्क्युबेशन सेन्टर प्रमुख रुपाखेतीले भने, ‘उद्यमशिलताको भविष्यलाई आकार दिने हाम्रो सङ्कल्पलाई एनईसी २.० मा पाएको उपलब्धिले थप पुष्टि गरेको छ। यसबाट हामी निकै हर्षित छौं। लिड कलेजसँगको सहकार्य हाम्रो लागि महत्वपूर्ण कोसेढुङ्गाको सावित भएको छ किनकि यसले अन्तरदेशीय ज्ञानको आदानप्रदान सँगै बलियो उद्यमशीलताको इकोसिस्टममा नयाँ ढोकाहरु खोल्न सघाउ पुर्याएको छ।’

प्रकाशित: २०८० माघ २९ गते सोमबार ०५:३७
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना