२०८३ कार्तिक १४ गते शुक्रबार

ग्रीन अटोमोबाइल्सले देशभर डीएफएसके डाँफे बिक्री–वितरण गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ३
green

काठमाडौं– दिगो ग्रुपले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत डीएफएसके डाँफे–इसी३६को देशव्यापी बिक्री र वितरणका लागि ग्रीन अटोमोबाइल्ससँग सम्झौता गरेको छ।

ग्रीन अटोमोबाइल्ससँगको सहकार्यले आधुनिक यातायात आवश्यकताका लागि पर्यावरणमैत्री र नवीन समाधान उपलब्ध गराउने दिगोको प्रतिबद्धताको महत्त्वपूर्ण क्षण रहेको दुवै संस्थाले जनाएका छन्।

दिगोअन्तर्गत एनइभी नेपाल प्रालिले चार वर्षदेखि ११ सिटे डीएफएसके डाँफे इलेक्ट्रिक मिनीभ्यान बिक्री र वितरण गर्दै आएको छ। यो गाडी नेपालमा सार्वजनिक यातायातका लागि प्रयोग हुने पहिलो ११ सिटर इलेक्ट्रिक मिनीभ्यान हो। यसमा विद्युतीय इन्जिन भएकाले उत्कृष्ट आर्थिक फाइदा दिने र विगत केही वर्षदेखि यात्रा, विद्यालय र व्यावसायिक उद्देश्यका लागि प्रयोग भइरहेको छ।

दिगोपन र शून्य कार्बन उत्सर्जन, लामो दायरा र कम सञ्चालन लागतमा योगदानको कारण गाडी सबैको रोजाइमा परेको कम्पनीको दाबी छ। यो गाडी हालसम्म २,९०,००० प्लस किलोमिटर र दौडिएको छ।

मिसन शून्य उत्सर्जनको आफ्नो उद्देश्यसाथ दिगोले नेपालमा विद्युतीय सवारीसाधनको इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित रहेको छ। उनीहरूले नेपाली बजारमा विद्युतीय सवारीसाधन बिक्री, सर्भिस र स्पेयर पार्ट्सका साथै दिगोमार्फतका अन्य भागले विद्युतीय सवारीसाधन भाडामा दिने र चार्जिङ समाधान उपलब्ध गराउँछन्।

सम्झौतापछि ग्रीन अटोमोबाइल्स अटोमोटिभ वितरण क्षेत्रमा डीएफएसके डाँफे बिक्रीका लागि बलियो नेटवर्क हुने बताइयो। ग्रीन अटोमोबाइल्सको व्यापक उपलब्धता, प्रभावकारी वितरण र बिक्रीपछिका सेवा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ग्रीन अटोमोबाइल्सको प्रतिनिधित्व गर्ने अर्जुन कार्की तथा साझेदारद्वय प्रवीण खतिवडा र निरोज महर्जनले अटोमोटिभ बिक्रीमा यो सम्झौता सफल हुने विश्वास व्यक्त गरे।

दिगो ग्रुप अफ कम्पनीज्का अध्यक्ष राजन रायमाझीले डीएफएसके डाँफेलाई नेपालभरका ग्राहकमाझ लैजान ग्रीन अटोमोबाइल्ससँग सहकार्य गरिएको बताए।

प्रकाशित: २०८० फाल्गुण ३ गते बिहिबार ०५:५०
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना