काठमाडौँ — ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर भएका छन्।
विशेष अदातलतले गुरुङलाई जग्गा हिनामिनाको मतियारको रुपमा दोषी ठहर गरेको हो।
गुरुङलाई दुई वर्ष कैद र ८० लाख ४८ हजार जरिमाना गर्नुपर्ने फैसला विशेषले सुनाएको हो।
विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई मुख्य अभियुक्तसरह नै दोषी ठहर गर्दै सजाय निर्धारण गरेको हो।
गुरुङसहित यो प्रकरणमा भूमाफिया किटान भएका रामकुमार सुवेदी र शोभाकान्त ढकाल मुख्य दोषी ठहर भएका छन्।
उनीहरुले सरकारी जग्गा नक्कली मोही खडा गर्ने र व्यक्तिका नाममा लैजाने योजनाकारका रुपमा भूमिका खेलेको विशेष अदालतको ठहर छ।


