काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचन प्रणाली फेर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। सानेपास्थित कांग्रेस मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकमा शेखरले यस्तो प्रस्ताव अघि सारेका हुन्। उनले कुनै पनि दलकाे बहुमत आउन नसक्ने निर्वाचन प्रणाली फेर्न कांग्रेसले पहल गर्नुपर्ने बताए।
‘हरेक तहका निर्वाचनमा अब उप्रान्त नेपाली कांग्रेसले कुनै राजनीतिक दलसंग चुनावी गठबन्धन वा तालमेल गर्नु हुँदैन । अहिले संविधानमा भएको निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउने सम्भावना देखिँदैन’, काेइरालाले भने, ‘तसर्थ संविधान संशोधनमार्फत निर्वाचन प्रणाली परिवर्तन गर्न सबै राजनीतिक दलहरूसँग संवादको लागी नेपाली कांग्रेसले पहल गर्नुपर्छ।’
कुनै पनि तहका निर्वाचनमा कांग्रेसले कसेसँग पनि चुनावी गठबन्धन वा तालमेल गर्न नहुने बताएका छन् ।
यस्तो छ शेखरले राखेको धारणा



