२०८३ कार्तिक १२ गते बुधबार

यी हुन् पोखराका समस्याग्रस्त १६ सहकारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ५
suryadarshan

पोखरा- पोखरा महानगर अन्तरर्गत रहेका १६ सहकारी संस्थामा रहेको बचतकर्ताको बचत जोखिममा पर्ने देखिएको छ। १६ वटा सहकारी संस्था समस्याग्रस्त पहिचान गरिएको पोखरा महानगरपालिका सहकारी समितिले जनाएको छ।

समितिका अनुसार अनुसार ती सहकारीका सञ्चालकलाई सचेत गराइएको छ। बचतकर्ताको बचत जोखिममा नपरोस् भनेर आन्तरिक रुपमा नै मिलाउने भनिएको सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले जानकारी दिए।

‘पोखरा महानगर अन्तर्गत रहेका १६ सहकारी संस्था जोखिममा देखिएका छन्। समस्यामा रहेको भन्ने उजुरी सहकारी शाखामा परेपछि नै हामीले सचेत गराएका छौं,’ उनले भने, ‘समय दिएर सुधारका लागि भनेका हौं।’

अध्यक्ष तिवारीले केही सहकारीले प्रयास गरेको समेत जानकारी दिए। ‘साधारणसभा बोलाउने देखिका समस्या समाधान गर्छौं। समय दिनुहोस् भन्नुभएको छ, हेरौं,’ उनले भने। पोखराका अधिकांस सहकारीमा समस्या नरहेको र बचतकर्ताहरु आत्तिनुपर्ने अबस्था भने नरहेको उनले दाबी गरे। उनले भने, ‘अधिकांश सहकारीमा समस्या छैन। बचतकर्ता र सहकारी अभियान्ता अत्तिनुपर्ने अवस्था छैन। ‘समस्याग्रस्त सहकारीहरुले पनि मिलाउने प्रयास गरिरहेका छन्।’

सहकारी शाखाका प्रमुख अनिल कार्कीले समस्या साधानका लागि ताकेता गरिएको जानकारी दिए। सहकारी शाखाका तर्फबाट समस्यामा देखिएका सहकारीले समस्या समाधान ननिकाले प्रहरीकोमा पठाउनु पर्ने अवस्था आउने तर्फ सचेत रहन आग्रह गरिएको उनले बताए।

आफू सहकारी शाखामा आएको केही दिनमात्र भएकाले विस्तृत अध्ययन गर्न बाँकी रहेको समेत उनले सुनाए। ‘रिपोर्टहरु हेरेको छु। समस्यामा रहेका सहकारी कसरी अगाडि बढेका छन् भनेर अध्ययन गर्दैछु’ उनले भने।

यी हुन् पोखराका समस्याग्रस्त सहकारी
महानगरपालिका सहकारी शाखाका अनुसार समस्याग्रस्त सहकारीमा पोखरा–१ को चौतारी बचत तथा ऋण सहकारी, पोखरा–२ को अम्बाउज्जवल बहुउद्देश्यीय सहकारी समस्याग्रस्त छन्। यस्तै, पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी, पोखरा–११ मा रहेको डल्फीन बचत तथा ऋण सहकारी, पोखरा–८ मा रहेको बलिदानी बचत तथा ऋण सहकारी पनि समस्याग्रस्त छन्।

यस्तै पोखरा–८ मा रहेको स्मार्ट उत्पादन सहकारी संस्था, पोखरा–८ मा रहेको नयनतारा कृषि सहकारी संस्था, पोखरा–८ मा रहेको त्रिवेणी बचत तथा ऋण सहकारी, पोखरा–७ मा रहेको साथी किसान कृषि सहकारी, पोखरा–५ मा रहेको राहत कृषि सहकारी पनि समस्याग्रस्त छन्।

पोखरा–३० मा रहेको जगत कल्याण दुग्ध उत्पादक सहकारी, पोखरा–९ मा रहेको मेगा बचत तथा ऋण सहकारी संस्था, पोखरा–९ मा रहेको अरनिको बचत तथा ऋण सहकारी, पोखरा–९ मा रहेको इमेज बचत तथा ऋण सहकारी संस्था पोखरा–९ मा रहेको सामिप्य बचत तथा ऋण सहकारी र पोखरा–१० मा रहेको महेश उपभोक्ता सहकारी संस्था पनि समस्याग्रस्तको सूचीमा छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी, बलिदानी बचत तथा ऋण सहकारी संस्था र इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको छ। यी सहकारीका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। बचतकर्ताको रकम संकलन गरेर दुरुपयोग गरेको आरोपमा अदातलमा पनि मुद्दा पुगेको छ।

सूर्यदर्शनमा बचतकर्ताको रकम ग्यालेक्सी टीभीमा लगानी गरेको विषयमा रास्वपाका सभापति रवि लामिछाने र सूर्यदर्शनकै पूर्वअध्यक्ष जीबी राईविरुद्ध प्रहरीमा उजुरी परेको छ। जीबी राईलाई पक्राउ पुर्जी जारी भएपनि उनी फरार छन्। तर लामिछानेका विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीको भनाइ छ। यता सम्पत्ति शुद्धीकरण विभागले रवि र जीबीका बैंकखाताको विवरण पनि माग गरेको छ।

सूर्यदर्शन सहकारीले उठाएको रकम
सहकारी अभियान्ताहरुका अनुसार हैसियतभन्दा ठूलो लगानी गर्ने सहकारीहरु समस्यामा परेको पोखरा सहकारी संघका अध्यक्ष लीलाधर बराल बताउँछन्।

‘केही पोखराभन्दा बाहिरबाट आएर ठूला सहकारी भन्दै सञ्चालन गरेकाहरुले बिगारे। जसको असर साना सहकारीमा परेको छ,’ बराल भन्छन्, ‘बचतकर्ताहरु आत्तिएर एकैपटक बचत फिर्ता लिन आउँदापनि समस्या भएको हो। एकैपटक सबै डिपोजिटरले पैसा फिर्ता माग्ने हो भने बैंकपनि समस्यामा पर्छन्। सहकारीको के कुरा गर्नु।’

बरालको भनाईमा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारी पनि सहमत छन्। उनले पवित्र रहेको सहकारी अभियानलाई नै केही व्यक्तिका कारण धक्का लागेको बताए।

हैसियतभन्दा ठूलो लगानी, आर्थिक संकटका कारण कर्जा नउठ्नु र केही सहकारीका सञ्चालकको साँच्चैको लापरबाही, अनि केही हल्लाले पनि समस्या पारेको उनले विश्लेषण सुनाए।

‘केही बाहिरबाट आएका असम्बन्धित व्यक्तिहरुको समूहलेगर्दा सहकारी नै बदनाम हुने अवस्था आयो। यस्तो बेला हामीले सबै सहकारी समस्यामा छैनन् र समस्यामा रहेका सहकारीलाई पनि मिलाउन प्रयास गरिरहेको सन्देश दिनुपर्ने हुन्छ,’ उनले भने।

पोखरा महानगर अन्तर्गत ३६४ वटा सहकारी छन्। जसमा बचत तथा ऋणको कारोबार गर्ने गर्ने सहकारीको संख्या १८५ छ। कृषि सहकारी संस्था ७९, बहुउद्देश्यीय सहकारी संस्था ४९, उपभोक्ता सहकारी संस्था १२, दुग्ध सहकारी संस्था १३, कफी सहकारी संस्था ७, अन्य सहकारी संस्था १९ को संख्यामा छन्।

नेफ्स्कुन र सहकारी बैंक मार्फत सहकारीलाई ऋण उपलब्ध गराएर भएपनि सञ्चालक इमान्दार रहेकालाई माथि उकास्न आफूहरुले छलफल चलाएका बरालले बताए। सहकारी र सहकारी अभियानमा लागेकाहरुका लागि अहिले एउटा ऐतिहासिक चुनौती खडा भएको तर्क गरेका उनले इमान्दारहरुलाई सघाउने र नियतबस डुबाउनेलाई कारबाहीको दायरामा ल्याउनुको विकल्प नरहेको सुनाए।

प्रकाशित: २०८० फाल्गुण ५ गते शनिवार ११:०८
प्रतिक्रिया

थप समाचार

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख, १ लाख जित्ने १६ जना को? [सूची]

काठमाडौँ: नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गरेर लिएको बिलका आधारमा १० लाख रुपैयाँ जितेकी छन्। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गोलाप्रथाबाट...

१० लाखमाथिको कारोबारमा सेबोनको निगरानी, लगानीकर्ताको विवरण र रकमको स्रोत जाँचिने

कम्पनीको नाममा कारोबार भए पनि ‘वास्तविक धनी’ खोजिने, उच्च पदस्थ व्यक्तिको कारोबारमा थप निगरानी
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना