काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिस्टहरुको पछि लागेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्। महासमिति बैठकको अघिल्लो दिन आइतबार आयोजिक एक चियापान कार्यक्रममा उनले कांग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका हुन्।
उनले देशभरका कार्यकर्ताले आफूलाई सधैं कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो भन्ने प्रश्न गर्नेगरेको सुनाए। यो प्रश्नको जवाफ महासमितिको बैठकबाट खोज्नुपर्ने उनको भनाइ थियो।
‘मलाई देशभरका साथीहरुले सोध्नुहुन्छ–के हामी सधैं कम्युनिष्ट पछि लागेर हिँड्ने हो, हामीले एक्लै चुनाव कहिले लड्ने हो? यसको जवाफ महासमिति बैठकबाट खोज्नुपर्छ,’ उनले भने।


